सशस्त्र प्रहरीद्वारा सप्तरीबाट १ सय ७ कार्टुन मदिरा बरामद
मेरोन्यूज
२०८१ असार १० गते १६:२९

काठमाडौं । सप्तरी जिल्ला राजगढ गाउँपालिका–२ कमलपुरस्थित दशगजा ईलाकाबाट सशस्त्र प्रहरीले १ सय ७ कार्टुन मदिरा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पातोबाट सशस्त्र प्रहरी नायब निरीक्षक अमृत कुमार श्रेष्ठको कमाण्डमा खटिगएको मोबाईल गस्तीले नेपालबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको मामाश्री ब्राण्डको (मदिरा) सहित ओसारपसारमा संलग्न दुई जना व्यक्तिलाई समेत नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएकाहरुमा सप्तरी जिल्लाको राजगढ गाउँपालिका–२ कमलपुर बस्ने बर्ष २६ को नारायण यादव र सोही गाउँपालिका–३ झुटकी बस्ने बर्ष २४ को रोहित मुखिया रहेका छन् ।
उनीहरुलाइ बरामद मदिरासहित थप कारवाहीको लागि राजबिराज भन्सार कार्यालय तिलाठिमा बुझाईएको छ ।
सम्बन्धित

















गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने
बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया