फोनपेले गर्यो २५ करोडको युपिआई कारोबार

काठमाडौँ । फोनपेले भारतीय यात्रुहरूद्वारा नेपालभरि (यूनिफाइड पेमेन्ट्स इन्टरफेस) युपिआईको प्रयोगमा ठूलो बृद्धि भएको घोषणा गरेको छ। फेब्रुअरी २८ मा सुरु भएदेखि, युपिआईको प्रयोगबाट २५ करोड रुपैयाँभन्दा बढी रकमको कारोबार भएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ७७ वटै जिल्लामा १ लाख भन्दा बढी कारोबार भएका छन्। धेरै भारतीय यात्रुहरूले नेपाललाई सुन्दर दृश्य, समृद्ध सांस्कृतिक सम्पदा, र बढ्दो साहसिक पर्यटनको लागि रोज्ने गरेका छन्। युपिआई भुक्तानीले मुद्रा साट्ने वा नगद बोक्ने आवश्यकता हटाएको छ भने जसका कारण यात्रा सहज पनि भएको छ। यो सहज भुक्तानी समाधानले नेपाललाई भारतीय यात्रुहरूका लागि बिगतको भन्दा अझै बढी रुचाइएको गन्तव्य बनाएको कम्पनीको दाबी छ ।
फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवास कुमारले भने, “नेपालमा युपिआई भुक्तानीलाई ग्राहकहरुले यसरी छिट्टै अपनाउँदा यसले सहज र सुरक्षित डिजिटल भुक्तानीको बढ्दो माग भएको देखिएको छ। हामी यस डिजिटल परिवर्तनमा प्रमुख भूमिका खेल्न र नेपाली नागरिकहरू र भारतीय यात्रुहरुलाई सहज भुक्तानी विकल्प दिन पाउँदा धेरै खुशी छौं “फोनपेले नेपाली नागरिकहरूले भारतमा पनि युपिआई भुक्तानी गर्न सकून् भनेर प्राविधिक र सञ्चालन तयारी पूरा गरिसकेको छ। यसका लागि फोनेपे नेपालले राष्ट्र बैंकको अनुमतिको प्रतीक्षामा गरिरहेको जनाइएको छ ।











गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, २ जना भारतीय नागरिक पक्राउ
सञ्चारमन्त्री खरेल पोखरामा
तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित
एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवारबारे छलफल हुने
मेची भन्सारमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ लागू
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
प्रतिक्रिया