बिहीबार, माघ २९, २०८२

देशभरका ४ सय २९ गाउँपालिकाले ल्याए बजेट, कुन प्रदेशको कति ?

मेरोन्यूज २०८१ असार ११ गते १७:०१

काठमाडौँ ।  देशभरका ४ सय २९ गाउँपालिकाले  बजेट ल्याएका छन् । नेपालको संविधान र संघीय कानुन बमोजिम स्थानीय सरकारहरूले आगामी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट असार १० गते भित्र आ–आफ्ना गाउँ तथा नगर सभामा पेस गर्नुपर्ने व्यवस्था छ । 

Advertisement
nepal life insurencenepal life insurence

जसअनुसार अनुसार ४ सय ६० गाउँपालिकामध्ये ४ सय २९ अर्थात ९३ प्रतिशत गाउँपालिकाहरुले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेस गरेको गाउँपालिका राष्ट्रिय महासंघका महासचिव खिमबहादुर थापाले जानकारी दिए । बाँकी ३० वटा गाउँपालिकाहरूमा सभाको अधिवेशन नै सुरु हुन नसकेको र एउटा गाउँपालिकामा सम्पर्क हुन नसकेको उनले बताए । स्थानीय सरकारमा दोस्रो कार्यकालका जनप्रतिनिधिहरूको यो तेस्रो नीति तथा कार्यक्रम र बजेट हो । आज देशैभर उत्साहजनकरुपमा सभामा बजेट पेस भएको उनले बताए । 

आज बजेट पेस गर्न नसकेका गाउँपालिकाहरूमा अध्यक्ष अस्वास्थ्य भई कार्यक्षेत्र बाहिर रहनु, प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थिति, जनप्रतिनिधिबिच आपसी द्वन्द्व, बजेट विनियोजनमा विवाद तथा तयारी गर्न समय नपुगेको लगायतका कारण रहेको उनले बताए । आज पेस गर्न नसकेका गाउँपालिकाहरूले केही दिनमा नै सभा सुरु गर्ने जानकारी प्राप्त भएको उनले बताए । यस्तै महानगरपालिका सबै, एकाधबाहेक उपमहानगरपालिका सबै र अधिकांश नगरपालिकाले पनि बजेट ल्याएका छन् । देशभर ७५३ स्थानीय तह रहेका छन् । 

प्रतिक्रिया