फतुवा विजयपुर नगरपालिकालाई चेक नकाटन उच्च अदालतको अल्पकालिन अन्तरिम आदेश

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकालाई आर्थिक कारोवार नगर्न उच्च अदालत बिरगंजले अल्पकालीन आदेश जारी गरेको छ ।
आर्थिक वर्ष २०८०/०८१ को आर्थिक कारोवारमा कुनै पनि चेक नकाट्न भन्दै उच्च अदालत जनकपुर अस्थाई इजलास बिरगंजले अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो।
फतुवा बिजयपुर १ का बिजय कुमार यादव समेतले दिएको निवेदन पछी उच्च अदालतका जिल्ला न्यायाधीश भरत प्रसाद लम्सालको इजलाशले उक्त अल्पकालीन आदेश जारी गरेको छ।
न्यायाधीश लम्सालको ३ नम्बर ईजलासमा वरिष्ठ अधिवक्ता ईन्द्रदेव प्रसाद चौधरी र अधिवक्ता विशाल चौधरिले बहस गरेका थिए ।
फतुवा विजयपुर नगरपालिकाका कार्यवाहक मेयर अम्बेया खातुन र प्रमुख प्रशासकिय अधिकृत उपसचिव सुरेन्द्र प्रधान मिलोमतो गरी कार्यालयको सट्टा चन्द्रनिगापुरमा बसेर जथाभावी चेक काटी रहेको वडा अध्यक्षहरुले आरोप लगाएका छन् ।
उपसचिव प्रधान तेस्रो पटक फतुवा विजयपुरको प्रमुख प्रशासकीय अधिकृतको रूपमा आएका हुन्। फतुवा विजयपुरमा नेपाली कांग्रेस पार्टीको टिकट बाट निर्वाचित मेयर गोपाल राय यादव नदीको टेन्डरमा अख्तियार द्वारा दोषी ठहर भई बिशेष अदालत बाट दण्ड जरिवाना तोकिएपछि गत वर्ष उनको पद गएपछि कांग्रेसकै उपमेयर खातुन कार्यवाहकको जिम्मेवारी पाएकी थिइन्।
खातुन कार्यवाहक भएदेखिनै बिभिन्न कारणले सिंगो नगरपालिका अस्तव्यस्त बनेको छ। कार्यवाहक मेयर खातुनले कांग्रेसकै नेताको ईशारामा कांग्रेस कै वडा अध्यक्षहरु षडयन्त्र गरेर आफूलाई सफल बनाउन खोजेको बताउँदै आएकी छिन् ।
उता वडा अध्यक्षहरुले कार्यवाहक मेयर खातुन प्रमुख प्रशासकीय अधिकृत संग मिलोमतो गरी आर्थिक अनियितता गर्न खोजेको आरोप लगाउँदै आएका छन ।
२०७९ को स्थानीय निर्वाचन पछि नगरपालिकाले समयमा बजेट ल्याउन नसक्दा समयमा शिक्षक कर्मचारीले तलब पाउनेगरेका छैनन्। जनप्रतिनिधि बिच बजेटकै भागबण्डा नमिलेर यस आर्थिक वर्षको असार १० भित्र फतुवा विजयपुर बजेट ल्याउन असफल भएको छ ।










एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
आजदेखि बाघ गणना हुँदै
रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
प्रतिक्रिया