साक्षरतामा देशकै पुछारमा रहेको रौतहटको मान राखिन् अञ्जली कुमारी झाले

रौतहट। शिक्षा र साक्षरताको क्षेत्रमा देशकै पुछारमा रहेको सिंगो रौतहट जिल्लामा एक जना छात्राले उत्कृष्ट नतिजा ल्याएकी छिन्।
अञ्जली कुमारी झाले एसइई परीक्षामा शतप्रतिशत पूर्णाङ्क ल्याएर मान राखेकी हुन्।
बिहीबार प्रकाशित भएको २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा शतप्रतिशत अंक (फोर जिपिए) ल्याएर अञ्जली कुमारी झाले सिंगो जिल्लाकै मान राखेकी हुन्।
रौतहटको पूर्वीभेग दुर्गा भगवती गाउँपालिका-३ मत्सरी गाउँका अशोक झाकी छोरी अञ्जलीले वडा नम्बर १ स्थित बाल निकेतन रेसिडेन्टल स्कुलमा प्रारम्भिक शिक्षा कक्षा १ देखि ७ सम्म अध्ययन गरेकी थिइन् थिइन्।
सुरूदेखि नै अत्यन्तै लगनशील, मिहेनती र अनुशासित छात्राको रुपमा रहेको विद्यालयका संस्थापक अश्वीन चौधरीले बताएका छन्।
उनी कक्षा ८ देखि सरस्वती माध्यमिक विद्यालय पिपरा भलोहियामा अध्ययन् गरिरहेकी थिइन्।
प्रकाशित भएको नतिजा अनुसार उनी शतप्रतिशत अर्थात (४ जिपिए) ल्याए उत्तीर्ण भएकी हुन्। सिंगो नेपालमै १८६ जना परीक्षार्थीले मात्रै उनको बराबर नम्बर ल्याउन सकेको देखिन्छ।
एसइई परीक्षाको नजितामा देशभरिमा शतप्रतिशत (४ जिपिए) नम्बर ल्याएर १८६ जना छात्रछात्राहरू उत्तीर्णमध्ये अञ्जली पनि एक हुन्।
जिल्ला शिक्षा समन्वय इकाई रौतहटका परीक्षा सहायक दीपेन्द्र सिंहले पनि जिल्लामा शतप्रतिशत ल्याउने एक जना अञ्जली कुमारी झा मात्र रहेको पुष्टि गरेका छन्।
परीक्षा सहायक सिंहका अनुसार एसइई परीक्षा २०८० मा रौतहटबाट कुल सहभागी ९ हजार १९३ परीक्षार्थीमध्ये ६ हजार ४८५ जना विभिन्न जिपिए ल्याएर उत्तीर्ण भएका छन्। बाँकी २ हजार ७०८ जना परीक्षार्थी अनुत्तीर्ण भएको जिल्ला समन्वय इकाई रौतहटले जनाएको छ।









एमाले महाधिवेशनः उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन
आज २०८२ साल पुस १ गते मंगलबारको राशिफल
सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
प्रतिक्रिया