लेड सम्बन्धी एक दिने ओरियन्टेसन कार्यक्रम सम्पन्न

ललितपुर।मानव स्वास्थ्यका लागि हानिकार मानिएको लेड (सिसा) सम्बन्धि ओरियन्टेसन कार्यक्रम सम्पन्न भएको छ ।
ललितपुरमा सम्यक डाइग्नोष्टिक प्रा.लि. र माला ब्युटी एसेर्स्स नेपालको सहकार्यमा एक दिने लेड सम्बन्धी ओरियन्टेसन कार्यक्रम सम्पन्न भएको हो । सम्यकका अध्यक्ष तथा वरिष्ठ प्याथोलोजिष्ट डा.केयुर गौतमले कस्मेटिक प्रडक्टमा हुने लेड (सिसा), यसले पार्ने प्रभाव र बच्ने उपायका विषयमा प्रकाश पारेका थिए ।
उनले कस्मेटिक प्रडक्टहरुमा केही न केही मात्रामा लेड रहने भएकाले लेड सेफ प्रडक्ट प्रयोग गर्न सुझाव दिएका थिए । ‘सकेसम्म लेड सेफ कस्मेटिक प्रडक्टहरु प्रयोग गर्न आग्रह गर्न चाहन्छु,’ डा. गौतमले भने, ‘नत्र हामी बुद्धका देशमा मानिस वुद्धु हुन बेर छैन् ।’ डा. गौतमले लेडबाट बच्न अपनाउन सकिने सावधानीलगायतका विषयमा पनि विशेष प्रस्तुती दिएका थिए ।
उनले लेडबाट बच्न ग्लब्सको प्रयोग गर्ने, पटक/पटक हात धुने, मास्कको प्रयोग गर्ने, कार्यकक्ष सफा राख्ने, कार्यक्षेत्रमा खाना नखानेजस्ता सुझावहरु दिएका थिए । नेपालमा लेड प्रयोग न्यूनीकरणबारे सचेतनामा काम गरिरहेका डा. गौतमले लेडले मानिसको आईक्यु क्षमतामा प्रभाव पार्ने भएकाले बालबालिकाहरुलाई पनि यसबाट बचाउनुपर्ने सुझाव दिए ।
कार्यक्रममा माला ब्युटी एसेर्स्स नेपालकी अध्यक्ष विमला रिजाल ढुंगेलले आफूहरु लेडको अति जोखिमयुक्त क्षेत्रमा काम गर्ने भएकाले ओरियन्टेसन निकै उपयोगी भएको बताइन् । कार्यक्रममा सम्यक डाइग्नोष्टिक निःशुल्क लेड परीक्षण समेत गरेको थियो । कार्यक्रममा ५० जनाभन्दा बढी ब्युटिसियनहरुको उपस्थिती रहेको थियो ।
















म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
प्रतिक्रिया