युवा संघले सुरु गर्यो एक महिने वृक्षारोपण अभियान

काठमाडौं । नेकपा एमाले निकट भातृसंगठन युवासंघले पार्टीका तत्कालीन महासचिव मदन भण्डारीको ७३औँ जन्मजयन्तीको उपलक्ष्यमा वृक्षारोपण अभियान शुरु गरेको छ ।
‘संरक्षण प्रकृतिको सुरक्षा सन्ततिको’ नारासहित शुरु गरिएको अभियान एक महिनासम्म चल्ने छ । शुक्रबार एक कार्यक्रमकाबीच ललितपुरको पोखरीटार पार्कबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले रुद्राक्षको बिरुवा रोपेर अभियानको सुरुवात गरेका हुन् ।
कार्यक्रममा युवासंघका अध्यक्ष क्षितिज थेवेको आथित्यता रहेको थियो। सङ्घका महासचिव सुमन पुरीले आगामी साउन १४ गतेसम्म अभियान सञ्चालन गरिने जानकारी दिए।
सात सय ५३ स्थानीय तहमा अभियान सञ्चालन गरिने जनाउँदै उनले अभियानमा करिब तीन लाख बोटबिरुवा रोप्ने लक्ष्य रहेको उल्लेख गरे । उनले युवा सङ्घका केन्द्रीय कमिटी सदस्य प्रत्येकले पाँचवटा बिरुवा रोप्नुपर्ने भन्दै त्यसको संरक्षण गर्ने जिम्मा पनि दिइएको बताए ।
एक महिने वृक्षारोपण अभियानले ७७ जिल्लामै वृक्षारोपण गर्ने जानकारी युवासंघका सचिव निरोज पौडेलले दिए।
















चन्द्रयात्राबाट सुरक्षित फर्कियो आर्टेमिस द्वितीय
खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
रुसी पूर्वमन्त्री पोपोभलाई १९ वर्ष जेल सजाय
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया