लेखेको ४० वर्षपछि गीत सार्वजनिक

काठमाडौं । नेपाली सङ्गीतमा पप सम्राटका नामले परिचित कलाकार ओमविक्रम विष्टले ४० वर्षअघि लेखेर सङ्गीत भरेको गीत आज सार्वजनिक गरिएको छ ।
साथी शशी गुरुङका लागि ४० वर्षअघि लेखेर सङ्गीत भर्नुभएको गीत गुरुङकै स्वरमा रेकर्ड गरिएको हो । चर्चित पप गायक विष्टले गीत लेखन र सङ्गीत थोरै मात्र गरेका छन्। विष्टका अनुसार तीन महिनाअघि अमेरिकाको जर्जियामा उहाँले उक्त गीत लेखन तथा कम्पोज सम्पन्न गरेका थिए ।
मिर्गौला रोगबाट पीडित भएपछि गायक विष्टको अमेरिकामै मिर्गौला प्रत्यारोपण गरिएको थियो । वरिष्ठ पप गायक विष्टको उपस्थितिमा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । म्युजिक भिडियोलाई विजयराज भूर्तेलले निर्देशन गरेका हुन् ।
सोही कार्यक्रममा गायक शशी गुरुङको स्वरमा रहेको अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा भूषण खरेलको शब्द र जेम्स प्रधानको सङ्गीत रहेको छ । म्युजिक भिडियो जेम्स प्रधानले निर्देशन गरेका हुन् ।
६७ वर्षीय गायक शशी गुरुङ ४७ वर्षदेखि सङ्गीत क्षेत्रमा संलग्न हुनुहुन्छ । उनले करिब एक सय गीत रेकर्ड गरिसकेका छन् । आफ्नो कार्य व्यस्तताका कारण उनी लामो समय सङ्गीत क्षेत्रमा क्रियाशील हुन सकेनन्।
सशस्त्र प्रहरीमा प्रहरी नायब उपरीक्षक पदबाट अवकाशपछि केही वर्ष विदेशमा बसेका उनी पुनःसङ्गीत क्षेत्रमा सक्रिय भएका हुन् ।
वरिष्ठ गीतकार दिनेश अधिकारी, श्री पुरुष ढकाल र सङ्गीतकार राजु सिंहले ६७ वर्षको उमेरमा पनि गायक शशी गुरुङको सङ्गीतप्रतिको समर्पण अनुकरणीय रहेको बताए ।









सुदूरपश्चिमले पोखरालाई दियो १९४ रनको लक्ष्य
कमला पुल निर्माण तीव्र गतिमा अघि बढाउने मन्त्री घिसिङको प्रतिबद्धता
जेनजी आन्दोलनका घाइतेले गरे माइतीघरमा धर्ना
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै
ढुक्क हुनुस्, तोकिएकै मितिमा निर्वाचन हुन्छः मन्त्री घिसिङ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
निर्वाचन लोकतन्त्रको आधारशीला हो, मत हाल्ने अवसर गुमाउनुहुन्न : गृहमन्त्री
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
प्रतिक्रिया