इन्टरनेट सेवाप्रदायकलाई कारवाही गर्ने तयारीमा

काठमाडौं । नेपालमा संचालित इन्टरनेट सेवाप्रदायक (आइएसपी) हरुले नियामक निकायको निर्देशनानुसार कार्य नगरेको आरोप लागेको छ । नेपाल दूरसंचार प्राधिकरणले ९ महिना अगाडि इन्टरनेट सेवाप्रदायकहरुलाई अनिवार्य टोल फ्रि नम्बर राख्न निर्देशन दिएपनि अहिलेसम्म सेवा प्रदायकहरुले प्राधिकरणको निर्देशन कार्यान्वयन नगरेका कारण काराहीको विकल्प नभएको दूरसंचार प्राधिकरणले जनाएको छ ।
प्राधिकरणबाट १३० सेवाप्रदायकले इन्टरनेट सेवा प्रदान गर्नेगरी अनुमतिपत्र लिएका छन् । जसमध्ये हालसम्म ६८ सेवाप्रदायकले मात्रै टोलफ्रि सेवा लिएको र अझै ६२ सेवा प्रदायकले टोल फ्रि नम्बर नराखेको प्राधिकरणका प्रवक्ता अच्युतानन्द मिश्रले जानकारी दिए ।
नेपाल दूरसंचार प्राधिकरणले गत असार १० गते ग्राहकहरुले सेवाप्रदायक कहाँ सम्पर्क गर्दा शुल्क नलाग्ने टेलिफोन सेवा प्रयोगमा ल्याउनुपर्ने निर्देशन दिएको थियो । यसअघि इन्टरनेट सेवाप्रदायकले दिने सेवाको गुनासो र नयाँ जानकारीका लागि बुझ्न सेवाग्राहीहरुले आफ्नो पैसा सकाएर फोन गर्नुपर्ने अवस्था थियो । जसमार्फत गुनासो गर्नै पनि सेवाप्रदायकलाई महिनामै धेरै पैसा खर्च गर्नुपर्ने हुन्थ्यो ।
यही गुनासोलाई मध्येनजर गर्दै प्राधिकरणले लाईसेन्सको शर्तअनुसार सेवाप्रदायकहरुलाई टोलफ्रि नम्बर राख्न निर्देशन दिएको हो । सेवाप्रदायकले यो आर्थिक वर्ष भित्र पूरा नगरे प्राधिकरणले ५० हजार रुपैयाँ जरिवाना स्वरुप कारबाही गर्नुका साथै एकै दिनमा फ्रि टेलिफोन सेवा राख्न लगाउने चेतावनी दिएको छ ।

















स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
‘जसले बाँदर नियन्त्रण गर्ने स्पष्ट खाका ल्याउँछ उसैलाई भोट दिने हो’
कैलाली-कञ्चनपुरमा बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सतर्क रहन आग्रह
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
३२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
प्रतिक्रिया