रविन्द्र जडेजाले पनि छोडे अन्तर्राष्ट्रिय टी–२० क्रिकेट

काठमाडौँ । भारतीय अल राउण्डर रविन्द्र जडेजाले पनि अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट सन्यास लिएका छन् ।
भारतीय क्रिकेट टिमका अलराउन्डर जडेजाले विश्वकप जितेपछि आइतबार अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत जारी दिदै भारी मनका साथ अन्तर्राष्ट्रिय टी–२० क्रिकेटलाई अलविदा गरेको बताएका छन् । उनले भनेका छन्- ‘गर्वको साथ दौडिरहेको घोडा जस्तै, मैले मेरो देशको लागि सधैं आफ्नो उत्कृष्ट प्रदर्शन गरेको छु र क्रिकेटका अन्य ढाँचाहरूमा त्यो काम जारी राख्नेछु । टी-२० विश्वकप जित्नु एउटा सपना साकार भएको छ । म मेरो टी-२० अन्तर्राष्ट्रिय करियरको शिखरमा छु । तपाईको सम्झना, प्रोत्साहन र अटल समर्थनको लागि सबैलाई धन्यवाद ।’
बार्बाडोसमा भएको टी–२० विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरेर दोस्रो पटक टी-२० विश्वकप जितेको छ ।
विश्वकप जितेपछि भारतीय कप्तान रोहित शर्मा र विराट कोहलीले पनि अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट सन्यास लिएका छन् ।













सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन भेनेजुएलाको माग
समानुपातिक उम्मेदवारी फिर्ता लिने सचिन ढकालको घोषणा
आवासीय क्षेत्रमा अमेरिकाले बम आक्रमण गरेको भेनेजुएलाका रक्षामन्त्रीको भनाइ
गौशालामा गाई मर्न थालेपछि व्यवस्थापनका लागि आग्रह
२०२५ मा नेपालीहरूले टिकटकमा के–के खोजे ? (सूचीसहित)
पुस १७ गते बिहिवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया