मन्त्री बन्ने तयारीमा रहेकी रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाइयाे
मेरोन्यूज
२०८१ असार १७ गते १०:१८
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का बहुमत सांसदले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई दलको नेताबाट हटाएका छन्।
दलको आइतबार बसेको बैठकले रञ्जितालाई दल नेताबाट हटाउने निर्णय गरेको हो। सोमबार १० बजे त्यसको जानकारी संसद् सचिवालयलाई गराउने तयारी रहेको एक सांसदले बताए।
रञ्जितालाई दलको नेताबाट हटाउने निर्णयमा गंगाराम चौधरी डगौरा, अरूणकुमार चौधरी र लालवीर चौधरीले हस्ताक्षर गरेका छन्। रञ्जिताले भने हस्ताक्षर गरेकी छैनन्।
त्यस्तै बैठकले गंगाराम चौधरीलाई दल नेता बनाउने निर्णय गरेको छ। त्यस्तै लालवीर चौधरीलाई प्रमुख सचेतक बनाउने निर्णय पनि गरेको छ। लालवीर नाउपाका संरक्षक रेशम चौधरीका बुबा हुन्। यसअघि गंगाराम प्रमुख सचेतक थिए
सम्बन्धित

















यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज देशभरकाे माैसम ?
आज २०८२ साल फागुन १० गते आइतबारको राशिफल
निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
प्रतिक्रिया