पेट्रोलियम डिलर्स राष्ट्रिय डिलर्स एसोसियसनमा फेरी प्रधान

काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय डिलर्स एसोसियसनका अध्यक्षमा पुनः लिलेन्द्र प्रसाद प्रधान निर्वाचित भएका छन् । पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसनको ४२ औ वार्षिक साधारण सभा तथा राष्ट्रिय सम्मेलनमा भएको निर्वाचनमा प्रधान बिजयी भएका हुन । साधरण सभा हिजो र अस्ति यही चैत्र २० र २१ गते भएको हो ।
निर्वाचनमा प्रधानले ३ सय २ मत ल्याए भने उनका प्रतिस्पर्धी नविन चन्द्र श्रेष्ठले ४३ मत ल्याएका हुन् । बिजयी हुनेहरुमा महासचिवतर्फ विश्व प्रसाद अर्याल, कोषाध्यक्षमा चर्तुभुज सरिया रहेका छन् ।
आज आइतबार आयोजित नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण समारोह पछि निर्वाचित अध्यक्ष प्रधानले नेपाल आयल निगमले पेट्रोलपम संचालनको लागि लाइसेन्स दिदा बैज्ञानिक आधारमा दिनुपर्ने बिषयमा एसोसियसनले काम गर्ने बताए ।
त्यसैगरी निगमलाई प्रविधि मैत्री बनाउने तथा व्यवसायीलाई पनि प्रविधि मैत्री बनाउने तर्फ एसोसियसनले पहल गर्ने, लागत अनुसार प्रतिफल नपुगेको हकमा सो माग गर्ने एवं विद्युतिय स्टेशन विस्तारको लागि पहल गर्ने बिषयमा एसोसियसनले काम गर्ने नयाँ कार्यसमितिको दाबी छ ।
कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले ३ वैसाख देखी मुलुकभर बिद्युतिय माध्यमबाट कारोबार गर्ने बताउदै त्यस्को लागि सातै प्रदेशमा सो सम्बन्धमा आवश्यक कार्य सुरु गरीसकेको जानकारी गराए ।

















स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
‘जसले बाँदर नियन्त्रण गर्ने स्पष्ट खाका ल्याउँछ उसैलाई भोट दिने हो’
कैलाली-कञ्चनपुरमा बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सतर्क रहन आग्रह
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
३२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
प्रतिक्रिया