पेट्रोलियम डिलर्स राष्ट्रिय डिलर्स एसोसियसनमा फेरी प्रधान

काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय डिलर्स एसोसियसनका अध्यक्षमा पुनः लिलेन्द्र प्रसाद प्रधान निर्वाचित भएका छन् । पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसनको ४२ औ वार्षिक साधारण सभा तथा राष्ट्रिय सम्मेलनमा भएको निर्वाचनमा प्रधान बिजयी भएका हुन । साधरण सभा हिजो र अस्ति यही चैत्र २० र २१ गते भएको हो ।
निर्वाचनमा प्रधानले ३ सय २ मत ल्याए भने उनका प्रतिस्पर्धी नविन चन्द्र श्रेष्ठले ४३ मत ल्याएका हुन् । बिजयी हुनेहरुमा महासचिवतर्फ विश्व प्रसाद अर्याल, कोषाध्यक्षमा चर्तुभुज सरिया रहेका छन् ।
आज आइतबार आयोजित नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण समारोह पछि निर्वाचित अध्यक्ष प्रधानले नेपाल आयल निगमले पेट्रोलपम संचालनको लागि लाइसेन्स दिदा बैज्ञानिक आधारमा दिनुपर्ने बिषयमा एसोसियसनले काम गर्ने बताए ।
त्यसैगरी निगमलाई प्रविधि मैत्री बनाउने तथा व्यवसायीलाई पनि प्रविधि मैत्री बनाउने तर्फ एसोसियसनले पहल गर्ने, लागत अनुसार प्रतिफल नपुगेको हकमा सो माग गर्ने एवं विद्युतिय स्टेशन विस्तारको लागि पहल गर्ने बिषयमा एसोसियसनले काम गर्ने नयाँ कार्यसमितिको दाबी छ ।
कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले ३ वैसाख देखी मुलुकभर बिद्युतिय माध्यमबाट कारोबार गर्ने बताउदै त्यस्को लागि सातै प्रदेशमा सो सम्बन्धमा आवश्यक कार्य सुरु गरीसकेको जानकारी गराए ।









बुधबार ९ अंकले बढ्यो नेप्से, काराेबार रकम कति ?
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
यस्ता छन् नवनियुक्त मुख्यसचिवका २५ बुँदे प्राथमिकता
विराटनगरविरुद्ध पहिला ब्याटिङ गर्दै चितवन
एनपीएलमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
छुटे दुर्गा प्रसाईं
प्रतिक्रिया