आभूषण महासङ्घमा महर्जन निर्वाचित

काठमाडाैं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घको अध्यक्षमा रमेश महर्जन निर्वाचित भएका छन् ।
महासङ्घको सातौँ वार्षिक साधारणसभामा प्रथम उपाध्यक्ष रामप्रसाद विश्वकर्मा, द्वितीय उपाध्यक्ष द्वारिका विश्वकर्मा, तृतीय उपाध्यक्ष अमरनाथ गुप्ता, महासचिव किसान सुनार, सचिव निरबहादुर धमला र टङ्कबहादुर बराइली, कोषाध्यक्ष केशरबहादुर विक र सहकोषाध्यक्षमा गणेशप्रसाद विश्वकर्मा निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यमा गङ्गाराम रसाइली, विष्णुभक्त बराइली, दीपक धनुके, कमलप्रसाद लामिछाने, जगतबहादुर सुनार, दीपककुमार सुनार, प्रेमबहादुर विक, देवीलाल विक, श्यामकुमार विश्वकर्मा, खेमराज विश्वकर्मा (तिरुवा), विद्यासागर ताम्राकार, सोमबहादुर विक, आनन्दकुमार साह, बलराम साह, पृथ्वी विश्वकर्मा, बुद्धिबहादुर विक, पर्वलाल शर्मा कोइराला, तिलक विक, त्रिलोचन विश्वकर्मा तथा महिला आरक्षित सिटमा तारा विश्वकर्मा, भद्रसिला रसाइली र सम्झना शिवाकोटी निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष महर्जनले स्वदेशमा भएका बहुमूल्य रत्नको पहिचान तथा तिनको उत्खनन गरी विदेशमा आपूर्ति गर्न सकेमा मुलुकको समग्र अर्थतन्त्र बलियो बनाउन सकिने विश्वास व्यक्त गरे । रासस









यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
माडी–ठोरी सडकखण्डमा निर्माण अलपत्र पुलको ठेक्का तोडियो
पर्यटन प्रवर्द्धन गर्न जोड्न पोखरामा दाइँ महोत्सव
रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
हङकङ आगलागी : मृत्यु हुनेको संख्या ९४ पुग्यो
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
प्रतिक्रिया