विमानस्थलबाट विदेशी मुद्रासहित दम्पती पक्राउ
मेरोन्यूज
२०८१ असार १९ गते २०:१९

काठमाडौँ । अवैध रूपमा विदेशी मुद्रा बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना अमेरिकी नागरिक पक्राउ परेका छन् ।
इन्डिगो एयरको उडानबाट काठमाडौँबाट दिल्ली जान लागेका भारतीयमूलका ७० वर्षीय अमेरिकी नागरिक जयन्तीभाइ गोर्धनभाइ लिम्बाचिया र निजकी ६३ वर्षीया श्रीमती प्रतिमावेन जयन्तीभाइ लिम्बाचियालाई पक्राउ गरिएको हो ।
अभियुक्तहरूको साथबाट १९ हजार ५९ अमेरिकी डलर, आठ हजार नौ सय ६६ चिनियाँ युआन र ६० हजार दुई सय बरामद गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । उनीहरूलाई राजस्व अनुसन्धान विभाग चलान गरिएको छ ।
यसैबीच कीर्तिपुर नगरपालिका-६ जाल्पादेवी मन्दिर क्षेत्रबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने ३४ ग्राम ४० मिलिग्राम पदार्थसहित दुई जनालाई पक्राउ गरिएको छ ।
सम्बन्धित

















आज २०८२ साल फागुन ८ गते शुक्रबारको राशिफल
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
अमेरिकाद्वारा अन्तर्राष्ट्रिय ऊर्जा निकाय छोड्ने चेतावनी
१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै
टी-२० विश्वकपमा आज नेपालको अन्तिम खेल, स्कटल्याण्डसँग भिड्दै
९५५ केजी गाँजासहित दुई जना पक्राउ
प्रतिक्रिया