आगामी आवदेखि राससको सेवा २४ सै घण्टा सञ्चालन हुने – मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्षदेखि राष्ट्रिय समाचार समिति (रासस)को सेवालाई २४सै घण्टा प्रवाह गर्ने व्यवस्था मिलाइएको बताएकी छिन् ।
राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री शर्माले हाल १८ घण्टा सेवा उपलब्ध गराइरहेको राससले आगामी आवदेखि २४सै घण्टा सेवा प्रवाह गर्नेगरी आवश्यक व्यवस्था गरिएको जानकारी दिइन् ।
उनले आगामी आवदेखि राससमार्फत भिडियो सेवाका अतिरिक्त अवधी, मैथिली र नेपाल भाषामासमेत समाचार उपलब्ध गराइने उल्लेख गरिन्।
मन्त्री शर्माले रेडियो नेपाल तथा दूरसञ्चार सेवा प्रदायकको सहयोगमा एसएमसमार्फत विपद्को पूर्वतयारीका बारेमा आवश्यक सूचना एवं जानकारी दिने प्रक्रियासमेत सुरु भइसकेको जानकारी दिइन । निजी क्षेत्रका सञ्चारमाध्यम तथा इन्टरनेट सेवा प्रदायकलाई पनि विपद्को पूर्वसूचना दिने व्यवस्था मिलाउन मन्त्रालयको तर्फबाट आवश्यक व्यवस्था मिलाइएको उनले बताइन् ।
मन्त्रालयले गरेको पहल र सुशासनको प्रयासले अर्बौँ बराबरको राजस्व सङ्कलन हुने सुनिश्चितता भएको मन्त्री शर्माले जानकारी दिइन् । इन्टरनेट सेवा प्रदायकले तिर्न अटेर गरेको शुल्क तथा राजस्वसमेत तिर्ने वातावरण बनाइएको उनले संसदमार्फत जानकारी दिइन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले मन्त्रालय र मातहतका निकायबीच कायम भएको सुशासनले राजस्व सङ्कलनमा वृद्धि भएको बताइन्।
मुलुकलाई सूचना प्रविधिको ‘हब’का रूपमा विकास गर्ने, रोजगारीको अभिवृद्धि गर्ने लक्ष्यसहित सरकारले आवश्यक नीति तथा कार्यक्रम र योजना अगाडि सारेको जानकारी दिँदै उनले आगामी दशकलाई सूचना प्रविधि दशकको रूपमा अगाडि बढाइएको स्पष्ट पारिन् ।
सरकारको १६औँ योजनाले समेत सूचना प्रविधि क्षेत्रलाई रुपान्तरणकारी क्षेत्रका रूपमा उल्लेख गरेको, १० वर्षमा रु ३० खर्ब बराबरको निर्यात गर्ने लक्ष्य राखिएको मन्त्री शर्माले बताइन् ।
राष्ट्रिय साइबर सुरक्षा विधेयक तयारीको क्रममा रहेको, एआईको प्रयोगका सम्बन्धमा अवधारणा तय भएको, डिजिटल साक्षरताका हकका अभियान सञ्चालन गरिएको, सूचना प्रविधिलाई दैनिक जीवनको आधारका रूपमा अगाडि बढाइएको उनको भनाइ छ ।
सञ्चार तथा सूचना प्रविधिको क्षेत्रलाई थप मर्यादित बनाउनका लागि सरकारले आवश्यक कानुनी, संरचनागत प्रबन्ध गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले जानकारी दिइन्।
















ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
आज अन्तरराष्ट्रिय शिक्षा दिवस
प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष
हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित
40 days to HoR elections: Printing of 5 million ballot papers for PR system remaining
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
प्रतिक्रिया