खनाल र भूसालले दौड छोडेपछि एकीकृत समाजवादीको अध्यक्षमा नेपाल सर्वसम्मत
मेरोन्यूज
२०८१ असार २० गते १८:१९

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्ष , सम्मानित नेता र महासचिव सर्वसम्मत चयन भएका छन् ।
काठमाडौंमा जारी १०औं राष्ट्रिय महाधिवेशनले बिहीबार अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाललाई सर्वसम्मत चयन गरेको हो ।
यसअघि खनाल र भूसालले अध्यक्षमा दावी गर्दै आएका थिए । तर दुबैले अध्यक्षको दौडमा दावी छाडेपछि नेपाललाई सर्वसम्मत हुने बाटो खुलेको हो ।
तीन पद महाधिवेशन हलले आज सर्वसम्मत भएको घोषणा गरेको हो । सम्मानित नेता खनालले शुक्रबारसम्म बाँकी पदाधिकारी र केन्द्रीय सदस्यको टुंगो सहमतिबाटै लगाइने महाधिवेशन हलमा बताएका छन्। एकीकृत समाजवादीमा पदाधिकारी संख्या २१ सदस्यीय र केन्द्रीय समिति सदस्य संख्या २९९ सदस्यीय छ।
सम्बन्धित














होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा
स्रोत नखुलेको रु २७ लाखसहित दुई जना पक्राउ
पहिराले मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रुपमा अवरुद्ध
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया