नेपाल एपीएफ क्लवका राष्ट्रिय क्रिकेट खेलाडीको विदाई

काठमाडौं । सशस्त्र प्रहरीका महानिरीक्षक (आइजीपी) राजु अर्यालले महिला टी ट्वान्टी एसिया कपमा सहभागी हुन जाने नेपाल एपीएफ क्लवका राष्ट्रिय क्रिकेट खेलाडीहरुलाई विदाई गरेका छन् ।
शुक्रबार आइजीपी अर्यालले सशस्त्र प्रहरी प्रधान कार्यालय स्वयम्भु हलचोकमा महिला टी ट्वान्टी एसिया कपमा सहभागी हुन जाने नेपाल एपीएफ क्लवका राष्ट्रिय क्रिकेट खेलाडीहरुलाई उत्कृष्ट खेल प्रदर्शनको शुभकानासहित हार्दिक विदाई गरेका हुन् ।
विदाई हुने खेलाडीहरुमा सिता राना मगर, राजमती ऐरी, ईन्दु बर्मा, रोमा थापा र ममता चौधरी रहेका छन् ।
कार्यक्रममा आइजीपी अर्यालले खेलाडीहरुलाई खेल मैदानमा उत्रिदा जित्छु र गर्न सक्छु भन्ने भावनाकासाथ उत्कृष्ट प्रदर्शन गर्न सकियो भने राष्ट्रको नाम उचाईमा पुर्याउन सकिने बताए। उनले खेलाडीहरुको बृत्तिविकासको लागि संगठन सदैव तत्पर रहेको समेत बताए । प्रतियोगिता यही साउन ४ देखि १३ गतेसम्म श्रीलंकामा संचालन हुनेछ ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया