केन्द्रीय कमिटी अधुरै छाडेर एकीकृत समाजवादीमा शपथ
मेरोन्यूज
२०८१ असार २१ गते १७:०६

काठमाडौं । नेकपा एकीकृत समाजवादीको जारी दशौँ महाधिवेशनमा तीनजना पदाधिकारीसहित चयन भएका ९३ जना मात्रै केन्द्रीय कमिटी सदस्यहरूले मात्रै शपथ लिएका छन् ।
प्रज्ञा भवन कमलादीमा जारी १०औँ राष्ट्रिय महाधिवेशन हलमा ९३ जनाक नयाँ कमिटी घोषणा गरेर उनीहरूलाई शपथ पनि खुवाइएको हो ।
अध्यक्षमा माधवकुमार नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत भएका छन् । त्यस्तै ९३ जना केन्द्रीय सदस्य पनि तय गरिएको छ ।
नेताहरूबीच सहमति नजुटेपछि विधानअनुसारको बाँकी १८ पदाधिकारी चयन भएन । नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक शनिबार बसेर बाँकी नेताहरू छानेर केन्द्रीय कमिटीलाई पूर्णता दिने तयारी छ ।
सम्बन्धित














स्रोत नखुलेको रु २७ लाखसहित दुई जना पक्राउ
पहिराले मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रुपमा अवरुद्ध
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया