नेप्सेले नयाँ रेकर्ड कायम गर्दा, स्टक एक्सचेञ्जका सिइओले बाँडे लड्डु

कैलाली । सेयर बजारमा मापक परिसुचक (नेप्से)ले आईतबार नयाँ रेकर्ड कायम गरेको छ । नेप्से परिसूचक २ हजार ६५७.६१ अंक पुगेको अवसरमा आईतबार लगानीकर्तासँग अन्तरक्रिया कार्यक्रमका लागि कैलालीको टीकापुर पुगेका नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्र सिहं साउँदले नेप्से परिसूचकले नयाँ रेकर्ड कायम गरेपछि लगानीकर्तालाई लड्डु बाडेका छन् ।
कारोबारको रकम बढ्दा र परिसूचकले नयाँ रेकर्ड कायम गर्दा नेप्सेको कार्यालयमा लड्डु बाड्ने गरेका थियौं, आज टीकापुरका लगानीकर्तासँग नेप्सेको उच्च बिन्दु पुगेकोमा लड्डु बाड्न पाउँदा खुशी लागेको सिईओ साउँदले बताए ।
यस्तै सिइओ साउँदले सो कम्पनीको कारोबारका आधारमा शेयर मूल्य बढ्ने र घट्ने गर्छ । उनले भने, “त्यसैले शेयरबजारमा लगानीगर्नु बित्तीय विवरण, आफ्नो लगानीगर्ने क्षमता हेर्नूपर्छ ।”
कार्यक्रममा संविधान सभा सदस्य हरि ज्ञवाली, टीकापुर उद्योग बाणिज्य सँघका पुर्व अध्यक्ष नवराज रावल, इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मधुसूदन न्यौपाने, विभिन्न बैंक बित्तीय संस्थाका प्रमुख र टीकापुरका लगानीकर्ता उपस्थित थिए ।









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
प्रतिक्रिया