देशभर २१.३% रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार १८ असारसम्म देशभर २१.३ प्रतिशत रोपाइँ भएको छ । सबै क्षेत्रमा मनसुन सक्रिय हुन थालेकाले रोपाइँ धमाधम भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. हरि केसीका अनुसार सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ५४.२ प्रतिशत रोपाइँ सकिएको छ । तुलनात्मक रूपमा रोपाइँ हुने क्षेत्रफल कम भएको र जेठदेखि नै किसानले रोपाइँ गर्न थालेकाले अन्य प्रदेशभन्दा बढी प्रगति देखिएको मन्त्रालयले जनाएको छ । सुदूरपश्चिममा यो वर्ष एक लाख ७४ हजार पाँच सय ७६ हेक्टर जमिनमा रोपाइँ हुने अनुमान छ ।
कर्णाली प्रदेशमा ४७.५ प्रतिशत रोपाइँ सकिएको छ । यहाँ सबैभन्दा कम ४१ हजार नौ सय चार हेक्टरमा रोपाइँ हुने अनुमान छ । धान धेरै उत्पादन हुने मधेश र कोशी प्रदेशमा रोपाइँ बल्ल सुरु भएको छ । मन्त्रालयका अनुसार मधेशमा ८.२ प्रतिशत मात्रै रोपाइँ भएको छ । यहाँ सबैभन्दा बढी तीन लाख ८३ हजार एक सय ५० हेक्टरमा रोपाइँ हुने अनुमान छ ।
त्यस्तै, कोशीमा १३.७ प्रतिशत रोपाइँ भएको छ । यहाँ दुई लाख ७६ हजार तीन सय ८६ हेक्टरमा रोपाइँ हुने अनुमान छ । बागमतीमा १९.६ प्रतिशत, गण्डकीमा २१.३ प्रतिशत र लुम्बिनीमा २२.८ प्रतिशत रोपाइँ सकिएको छ । बागमतीमा एक लाख १२ हजार दुई सय ७३ हेक्टरमा, गण्डकीमा ९८ हजार नौ सय चार हेक्टरमा र लुम्बिनीमा तीन लाख ११ हजार ६ सय ४३ हेक्टरमा रोपाइँ हुने अनुमान छ । मन्त्रालयका अनुसार गत वर्ष यही समयमा २२ प्रतिशत रोपाइँ सकिएको थियो ।

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
प्रतिक्रिया