प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता डा. काेइरालाबिच भेट, के–के भयो छलफल ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेसका नेता डा. शेखर कोइरालाबीच शनिबार भेटवार्ता भएको छ ।
नेता कोइरालाले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।
कांग्रेस र एमाले मिलेर सरकार बनाएर अघि बढ्ने सहमति भइरहेको बेलामा नेता कोइराला बालुवाटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
सरकार गठन आव्हानमा राष्ट्रपतिले कुन धारा समात्छन् सर्वत्र चाँसोका साथ हेरिएकाे छ । राष्ट्रपतिले ७६ (३) अनुसार नयाँ सरकार गठनको लागि आह्वान गरे ठूलो दलको हैसियतले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन्।
यो अन्योलताबीच हिजो नेता कोइरालाले प्रधानमन्त्रीले विश्वासको मत लिएपछि सरकार गठन प्रत्रिया ७६ (३) मा जानसक्ने सार्वजनिक रुपमा आशंका व्यक्त गरेका थिए।
यसरी शुक्रबारमात्रै प्रधानमन्त्री देउवा बन्न सक्ने अभिव्यक्ति दिएका नेता काेइरालाइ आजै प्रधानमन्त्री प्रचण्डले भेट्नुलाई अर्थपूर्ण रुपमा लिइएकाे हाे ।
आफू अल्पमतमा पर्दासमेत प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने बाटो रोजेर ओलीलाई प्रधानमन्त्री बन्न छेक्न खाेजेका छन् ।
सदनबाट विश्वासको मत लिँदा नपाए स्वतः धारा ७६ (३) अनुसारको सरकार बन्ने माओवादी नेताहरूको दावी छ।
प्रधानमन्त्रीले बोलाएपछि आफू बालुवाटार गएको नेता कोइरालाले बताएका छन् । उनले समासायिक राजनीतिक विषयमा कुराकानी भएकाे बताए ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया