कांग्रेस र एमालेले मागे मुख्यमन्त्री सोडारीको राजीनामा

कैलाली। नेपाली कांग्रेस र नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको राजीनामा माग गरेका छन्।
दुवै पार्टीले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न मुख्यमन्त्री सोडारीको राजीनामा माग गरेका हुन्।
केन्द्रमा काग्रेस र एमालेबीच सरकार गठनका लागि सहकार्यको सहमति भइसकेपछि यहाँ पनि एमालेले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री सोडारीको प्रदेश सरकार अल्पमतमा परेको छ।
सोडारी नेकप एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति रञ्जिता पक्षको समर्थनमा मुख्यमन्त्री बनेका थिए।
कांग्रेस प्रदेशसभाका संसदीय दलका नेता कमलबहादुर शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिङ रावलद्वारा जारी संयुक्त विज्ञप्तिमा बहुमत गुमाइसकेको अल्पमतको सरकारले दैनिक कामकाजबाहेक अन्य कुनै पनि कार्य सम्पादन नगर्न र नगराउन भनिएको छ।
“नेपाली कांग्रेस यसअघि नै विपक्षमा रहेको र नेकपा (एमाले) को संसदीय दलले सरकारबाट समर्थन फिर्ता लिइसकेपश्चात् वर्तमान सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको छ। यस परिस्थितिमा मुख्यमन्त्री सोडारी सरकारले सरकार सञ्चालन गर्ने नैतिक आधार गुमाइसकेको छ,” विज्ञप्तिमा भनिएको छ, “मुख्यमन्त्री पदबाट राजीनामा दिई अर्को सरकार गठनका लागि मार्गप्रसस्त गर्न… साथै बहुमत गुमाइसकेको अल्पमतको सरकारले दैनिक कामकाजबाहेक अन्य कुनै पनि कार्यहरू सम्पादन नगर्न र नगराउनसमेत आग्रह गर्दछौँ।”
















विश्व प्रेस स्वतन्त्रता दिवस: पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा
सुनको मूल्य तोलामा एक हजारले घट्यो, चाँदीको बढ्यो
होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा
स्रोत नखुलेको रु २७ लाखसहित दुई जना पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया