कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो

कैलाली । लगातार वर्षाको कारण कैलाली र कञ्चनपुरका विभिन्न ठाउँमा डुवानमा परेकाहरुलाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।
कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका–३ पूर्णागिरीघाट ईलाकामा डुवानमा परेको घरपरिवारका करीव ५० जनालाई सुरक्षित स्थानमा सारिएको छ । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड बेश बडुवाटोलबाट खटिएको सुरक्षा फौजले असार २४ गते सुरक्षित स्थानमा सारेको हो ।
त्यसैगरी सोही जिल्लाको बेदकोट नगरपालिका–७ स्थित सुडा खोलामा पानीको बहाव बढी डुवानमा परेका ३ घरपरिवारलाई नं. ३५ गण कञ्चनपुरले सुरक्षित स्थानमा सारेको छ । त्यस्तै कञ्चनपुर जिल्लाकै भिमदत्त नगरपालिका वडा नं.–११ ब्रमिनी र वडा नं.–१२ ऐरीगाउँ ईलाकामा भुजेल खोलामा पानीको बहाव बढि डुवानमा परेका २० घरपरिवारलाई प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीले सुरक्षित स्थानमा सारेको छ ।
यसैगरी कैलाली जिल्लाको कैलारी गाउँपालिका–५ मनिकापुर ईलाकामा कटैनी नदिमा पानीको बहाव बढ्न गई बस्तीमा पस्दा डुवानमा परेका २५ घरपरिवारलाई सुरक्षित स्थानमा सारेको हो ।
डुवानमा परेकाहरुको उद्धारको लागि सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण कैलाली, प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुर र बिओपी छोटिपलीयाको सुरक्षा फौज खटिएको थियो ।
त्यस्तै सोही जिल्लाको धनगढी उपमहानगरपालिका–१५ कनरी गाउँमा खुटिया नदिमा पानीको बहाव बढि बस्तीमा पस्दा डुवानमा परेका ६ घरपरिवारलाई सामानसहित बिओपी फुलबारीको सुरक्षा फौजले सुरक्षित स्थानमा सारेको छ ।
सशस्त्र प्रहरी बल नेपालले देशभर विपद् प्रतिकार्यको लागि मनसुन अवधिभर २४सै घण्टा परिचालन हुने गरी ५ सय ४६ इकाईहरुमा ७ हजार ४ सय ५५ जनाको जनशक्ति आवश्यक उपकरणसहित तयारी हालतमा राखेको छ ।
त्यस्तै मनसुन अवधिभर सशस्त्र प्रहरीका १ सय १० जना गोताखोर र विपद् उद्धार तालिम प्राप्त जनशक्तिलाई सशस्त्र प्रहरी बल नेपालको कार्यालयहरुमा रहेका १ सय २० वटा मोटर बोट तथा र्याफ्ट बोटसहित सातै वटा प्रदेशका बाहिनी मुख्यालयहरु तथा उपत्यकास्थित नं. २० विपद् उद्धार गण सिनामंगल तथा देशभरका विपद् व्यवस्थापन बेशहरुमा तयारी हालतमा राखिएको छ ।
बाढी पहिरो तथा डुवानमा परेकाहरुलाई तत्काल उद्धारको लागि सशस्त्र प्रहरी बल नेपालको टोल फ्रि नं. १११४ मा समेत खबर गर्न सकिने छ ।
















महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
तामाकोशी दुर्घटनाप्रति रास्वपाद्वारा दुःख व्यक्त
नेकपाको प्रतिबद्धता : ५ लाखलाई रोजगारी, १० प्रतिशत आर्थिक वृद्धि
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
प्रतिक्रिया