अविरल वर्षाको कारण उदयपुरमा डुबान, उद्धार कार्य जारी

उदयपुर । अविरल वर्षाको कारण उदयपुर जिल्लाको विभिन्न ठाउँमा डुवानमा परेका तथा डुवानमा पर्ने सम्भावित ठाउँहरुमा उद्धार कार्य जारी रहेको छ ।
सोही जिल्लाको बेलका नगरपालिका–१ भालमन्ती भौडाहास्थित त्रियुगा नदि र भालमन्ती खोलामा पानीको बहाव बढि बस्ती पस्दा डुवानमा परेकाहरुलाई सुरक्षित स्थानमा सारिएको छ । उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गण उदयपुर र नेपाल प्रहरीको संयुक्त टोली खटिई डुवानमा परेकाहरुको सकुशल उद्धार गरेको हो ।
त्यसैगरी बेलका नगरपालिका–२ स्थित करैया, पुरनदह र मुसहरी बस्तीमा त्रियुगा नदिमा पानीको बहाव बढि बस्तीमा पस्दा डुवानमा परेका करीव २ सय ५० घरपरिवारलाई सो गण तथा नेपाल प्रहरीको टोलीले सुरक्षित स्थानमा सारेको हो ।
त्यस्तै चौदण्डीगढी नगरपालिका–७ स्थित द्धार खोलामा आएको बाढिले बाँध कटान गरी सो ठाउँको खसी बजार, मदनचोक र बगरकोटमा पस्ने सम्भावना भएपछि नं. ५ गण उदयपुरबाट खटिएको सुरक्षा फौज, नेपाल प्रहरी र स्थानीय वासिन्दाले जाली लगाई बाँध निर्माण गरेका छन् ।










सुनको मूल्य तोलामा दुई हजारले घट्यो
पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ
मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया