पाकिस्तान प्रशासित काश्मिरमा सडक दुर्घटनामा परी १३ जनाको मृत्यु
मेरोन्यूज
२०८१ असार २६ गते १६:४४

काठमाडाैँ । पाकिस्तान प्रशासित काश्मिरमा बुधबार भएको सडक दुर्घटनामा परी कम्तीमा १३ जनाको मृत्यु भएको उद्धार कर्ता संस्था ‘रेस्क्यु ११२२’ ले जनाएको छ ।
संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पाकिस्तान प्रशासित काश्मिरको नीलम जिल्लामा एउटा यात्रुबाहक भ्यान खाल्डोमा खसेको छ । चालकले जिल्लाको पहाडी भू–भागमा तीव्र गतिले चलाएको गाडी मोड्न खोज्दा दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।”
दुर्घटनामा परेका ती यात्रुको शव घटनास्थलबाट निकालेर नजिकैको अस्पतालमा लगिएको छ । शवको पोस्टमार्टमपछि मृतक सबैलाई आफन्तको जिम्मा लगाइने छ ।
पाकिस्तानमा पूराना गाडी, सडकको मर्मतसम्भारको कमी, सडक सुरक्षा नियमको उल्लङ्घन र लापरबाहीपूर्वक गाडी चलाउँदा सडक दुर्घटना हुँदा बर्षेनी हजारौँ मानिसले अकालमा ज्यान गुमाउनु परेको छ ।
सम्बन्धित
















लेक लागेर सगरमाथा आरोहीको निधन
आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक
दार्चुलामा गयाे भूकम्प
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
प्रतिक्रिया