एमालेका ११ जिल्ला अधिवेशन कात्तिक महिनाभित्र गर्न निर्देशन
मेरोन्यूज
२०८१ असार २६ गते १७:३९

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सचिवालय बैठकले मातहतका ११ जिल्लालाई आगामी कात्तिक मसान्तभित्र अधिवेशन गर्न निर्देशन दिएको छ ।
आज ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले कात्तिक मसान्तभित्र ११ जिल्लामा अधिवेशन सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
एमालेले गत जेठ मसान्तभित्र अधिवेशन गर्न ७७ वटै जिल्ला कमिटीलाई निर्देशन दिएकामा ६६ जिल्लामा मात्र अधिवेशन सम्पन्न भएको छ । इलाम, मोरङ, तेह्रथुम, सप्तरी, सिराहा, धनुषा, मनाङ, डोल्पा, डोटी, अछाम र बझाङमा अधिवेशन हुन बाँकी छन् ।
यस्तै सचिवालय बैठकले सबै जिल्लाहरूलाई साउन महिनाभित्र पार्टी सदस्यता नवीकरण गरी भदौ महिनामा केन्द्रीय कार्यालयमा पठाउनसमेत निर्देशन दिएको छ ।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
प्रतिक्रिया