देशका विभिन्न स्थानमा सैन्य आधार तालिम सम्पन्न

काठमाडौँ । नेपाली सेनाका २६ स्थानहरूमा सञ्चालित सैन्य आधार तालिम समापन भएको छ । तालिम समापनका अवसरमा सैन्य जवानहरूले विभिन्न तालिम केन्द्रहरूमा अन्तिम दलेल कवाजको प्रदर्शनीसँगै ३,१३३ जना पुरुष तथा ७५४ जना महिला गरी कुल ३,८८७ जना सैन्यहरू दीक्षित भएका छन् ।
नं.१ सैन्य तालिम केन्द्र, त्रिशूलीमा बलाधिकृत रथी अशोकराज सिग्देल र नं.२ सैन्य तालिम केन्द्र, सैनामैनामा सैनिक तालिम महानिर्देशक उपरथी श्री सन्तोष कुमार ढकाल तथा अन्य स्थानहरूमा सम्बन्धित पृतनापति, वाहिनीपतिहरुले कवाज निरीक्षण गर्नुका साथै उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कृत गरेका थिए ।
त्रिशुलीमा आयोजित सैन्य आधार तालिमको अन्तिम दलेल कवाजमा सहभागीहरूलाई सम्बोधन गर्दै बलाधिकृत रथीअशोकराज सिग्देलले एक कर्मठ, इमानदार, अनुशासित एवं नेपाली सेनाको मूल्य-मान्यता र परम्परालाई पालना गर्दै राष्ट्र, जनता र संस्था प्रति समर्पित रही जस्तोसुकै परिस्थितिमा पनि अविचलित रहने नेपाली सेनाको सिपाही दर्जामा नियुक्त हुनुभएका सम्पूर्णलाई हार्दिक बधाई ज्ञापन गर्दै शुभकामना दिए । उनले राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षण एवं जगेर्ना गर्नको लागि प्रतिबद्ध नेपाली सेनाको मूलभूत दायित्वलाई मनन गर्दै सदैव राष्ट्र र जनताको हितमा आफूलाई समर्पित गर्न निर्देशन दिए ।
देशका विभिन्न तालिम केन्द्रहरूमा आयोजित सैन्य आधार तालिमको अन्तिम दलेल कवाजमा जिल्लास्थित जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, नवनियुक्त सिपाहीका परिवारजन लगायत स्थानीय सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।
















सन नेपाल लाइफको सहकार्यमा छैटौँ इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना हुँदै
Unorganized settlers being evacuated from Balkhu and Banshighat areas
श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा कामको घोषणा
आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै
बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया