विपद्का कारण सम्पर्कविहीन भएकाहरूको खोजी तीव्र बनाउन किसान महासङ्घको माग
मेरोन्यूज
२०८१ असार २८ गते १६:०३

काठमाडौँ । नेपाल किसान महासङ्घले अविरल वर्षाका कारण सम्पर्कविहीनको खोजी तीव्र बनाउन र पीडितलाई राहत उपलब्ध गराउन माग गरेको छ ।
महासङ्घका अध्यक्ष गणेशचन्द्र तिमल्सिनाले आज विज्ञप्ति जारी गरी पीडितका लागि उचित बसोवास, घाइतको निःशुल्क उपचार र मृतकका परिवारलाई राहत व्यवस्था मिलाउन माग गरेका हुन् । महासङ्घका सबै तहलाई राहत तथा उद्धारमा खट्न निर्देशन दिइएको पनि विज्ञप्तिमा उल्लेख छ ।
आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिरोमा दुईवटा बस दुर्घटना भएको घटनाप्रति दुःख व्यक्त गर्दै महासङ्घले यस्तो अवस्था नआउने गरी काम गर्न सरकारसँग माग गरेको छ ।
सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया