विपद्का कारण सम्पर्कविहीन भएकाहरूको खोजी तीव्र बनाउन किसान महासङ्घको माग
मेरोन्यूज
२०८१ असार २८ गते १६:०३

काठमाडौँ । नेपाल किसान महासङ्घले अविरल वर्षाका कारण सम्पर्कविहीनको खोजी तीव्र बनाउन र पीडितलाई राहत उपलब्ध गराउन माग गरेको छ ।
महासङ्घका अध्यक्ष गणेशचन्द्र तिमल्सिनाले आज विज्ञप्ति जारी गरी पीडितका लागि उचित बसोवास, घाइतको निःशुल्क उपचार र मृतकका परिवारलाई राहत व्यवस्था मिलाउन माग गरेका हुन् । महासङ्घका सबै तहलाई राहत तथा उद्धारमा खट्न निर्देशन दिइएको पनि विज्ञप्तिमा उल्लेख छ ।
आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिरोमा दुईवटा बस दुर्घटना भएको घटनाप्रति दुःख व्यक्त गर्दै महासङ्घले यस्तो अवस्था नआउने गरी काम गर्न सरकारसँग माग गरेको छ ।
सम्बन्धित
















राष्ट्रपतिले जारी गरे थप तीन वटा अध्यादेश
पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो
इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड
धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
प्रतिक्रिया