अक्षय कुमारलाई कोरोना संक्रमण
मेरोन्यूज
२०८१ असार २९ गते ८:३७

काठमाडौँ । बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ । अक्षयकुमारले आफूलाई कोरोना संक्रमण भएकाले अलग बसेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
फिल्मको सरफेराको प्रमोशनको क्रममा अक्षयलाई कोरोना संक्रमण भएको बताइएको छ । उनलाई शुक्रबार बिहान कोभिड पोजिटिभ भेटिएको थियो ।
यसअघि २०२२ मा पनि अक्षय फिल्म ‘राम सेतु’ को सुटिङका क्रममा कोरोना संक्रमित भएका थिए । यस अवधिमा अक्षय बाहेक टोलीका अन्य सदस्यहरू पनि कोभिड पोजिटिभ भेटिएका थिए । त्यस अघि २०२१ मा पनि अक्षय कोभिड पोजिटिभ थिए ।
अक्षयकुमारको नयाँ फिल्म ‘सरफिरा’ हिजो शुक्रबार रिलिज भएको छ । यो फिल्म दक्षिणका व्यापारी जीआर गोपीनाथको जीवनमा आधारित छ जसमा अक्षय मुख्य भूमिकामा छन् ।
सम्बन्धित







ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा वर्षको पहिलो हिमपात
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया