मोर्डनकन्या कलेजमा भानुजयन्ती

काठमाडौं। मुलुकका पुराना साहित्यकारहरुले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको उन्नयनमा पुर्याएको योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धा व्यक्त गरेका छन् ।
भीमसेनगोलास्थित मोर्डन कन्या मल्टिपल कलेजद्वारा दुईसय ११औँ भानुजयन्तीका अवसरमा आयोजित कार्यक्रममा साहित्यकारहरुले आदिकविको तस्वीरमा माल्यार्पण गर्नुका साथै उनको योगदान र परिचय दिलाउने कविता वाचन गरे ।
त्यसअवसरमा साहित्यकार शैलेन्द्र साकार, डा रामप्रसाद दाहाल, रामप्रसाद पन्त, कृष्ण बाउसे, निर्मल पराजुली, विदुर उप्रेती र कलेजका प्राचार्य सविन पोख्रेलले भानुभक्तका रचनाले नेपाली समाजलाई भाषाका माध्यमबाट एकसूत्रमा बाध्न पुर्याएको योगदानको चर्चा गरे ।
भानुभक्तले भाषिक एकीकरण नगरिदिएको भए संसारमा नेपाली भाषा आजको स्तरमा समृद्ध हुन सक्दैनथ्यो भन्दै उनीहरुले नेपाली भाषालाई सरलता तुल्याएर आदिकवि सधैँ स्मृतिमा रहने बताए।
कार्यक्रममा भानुजयन्तीका अवसरमा कलेजद्वारा आयोजित कविता प्रतियोगताका विजयी छात्रालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो । कार्यक्रममा छात्राहरू रेणुका कँडेल, शर्मिला कार्की, जमुना बस्नेत, युरिसा रिजाल र अनुपा भुजेलले पनि कविता वाचन गरे ।
नेपालमा मात्र नभई नेपालीभाषी बसोबास रहेका प्रवासमा पनि आज विभिन्न कार्यक्रम गरी भानुजयन्ती मनाउने गरेका छन्










जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन
मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ : अध्यक्ष लिङ्देन
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
५ अंकले बढ्यो नेप्से, काराेबार रकम पनि वृद्धि
प्रोटोन ईमासले काठमाडौँ र चितवनमा विशेष एक्सचेन्ज अफर
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया