मोर्डनकन्या कलेजमा भानुजयन्ती

काठमाडौं। मुलुकका पुराना साहित्यकारहरुले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको उन्नयनमा पुर्याएको योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धा व्यक्त गरेका छन् ।
भीमसेनगोलास्थित मोर्डन कन्या मल्टिपल कलेजद्वारा दुईसय ११औँ भानुजयन्तीका अवसरमा आयोजित कार्यक्रममा साहित्यकारहरुले आदिकविको तस्वीरमा माल्यार्पण गर्नुका साथै उनको योगदान र परिचय दिलाउने कविता वाचन गरे ।
त्यसअवसरमा साहित्यकार शैलेन्द्र साकार, डा रामप्रसाद दाहाल, रामप्रसाद पन्त, कृष्ण बाउसे, निर्मल पराजुली, विदुर उप्रेती र कलेजका प्राचार्य सविन पोख्रेलले भानुभक्तका रचनाले नेपाली समाजलाई भाषाका माध्यमबाट एकसूत्रमा बाध्न पुर्याएको योगदानको चर्चा गरे ।
भानुभक्तले भाषिक एकीकरण नगरिदिएको भए संसारमा नेपाली भाषा आजको स्तरमा समृद्ध हुन सक्दैनथ्यो भन्दै उनीहरुले नेपाली भाषालाई सरलता तुल्याएर आदिकवि सधैँ स्मृतिमा रहने बताए।
कार्यक्रममा भानुजयन्तीका अवसरमा कलेजद्वारा आयोजित कविता प्रतियोगताका विजयी छात्रालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो । कार्यक्रममा छात्राहरू रेणुका कँडेल, शर्मिला कार्की, जमुना बस्नेत, युरिसा रिजाल र अनुपा भुजेलले पनि कविता वाचन गरे ।
नेपालमा मात्र नभई नेपालीभाषी बसोबास रहेका प्रवासमा पनि आज विभिन्न कार्यक्रम गरी भानुजयन्ती मनाउने गरेका छन्
















राष्ट्रपतिले जारी गरे थप तीन वटा अध्यादेश
पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो
इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड
धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
प्रतिक्रिया