भारतको गुजरातमा चण्डिपुरा भाइरसको आशङ्कामा चार बालबालिकाको मृत्यु
मेरोन्यूज
२०८१ असार ३० गते २१:०७

नयाँदिल्ली । पश्चिम भारतको गुजरात राज्यमा चण्डिपुरा भाइरसको संदिग्ध सङ्क्रमणका कारण कम्तीमा चार बालबालिकाको मृत्यु भएको र अन्य दुई जनाको उपचार भइरहेको अधिकारीहरूले बताएका छन् ।
गुजरातको राजधानी सहर गान्धीनगरबाट ६३ किलोमिटर उत्तरपूर्वमा रहेको साबरकण्ठा जिल्लाको हिम्मत नगर सिभिल अस्पतालमा ती बालबालिकाको मृत्यु भएको जानकारी दिइएको छ ।
प्रमुख जिल्ला स्वास्थ्य अधिकारी साबरकण्ठ राज सुतारियाका अनुसार यी सबै बालबालिकाको रगतको नमूना पुणेस्थित नेशनल इन्स्टिच्युट अफ भाइरोलोजीमा पुष्टिका लागि पठाइएको छ ।
स्वास्थ्य अधिकारीहरूले भने, “चण्डिपुरा भाइरसले ज्वरो निम्त्याउँछ । यो लामखुट्टे, टिक्स र स्यान्डफ्लाइजबाट सर्छ ।”
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया