सिमलताल बस दुर्घटना : २ सय मिटर गहिराईसम्म हेर्न मिल्ने डिभाईसमार्फत खोजी सुरु

चितवन । असार २८ गते शुक्रबारदेखि त्रिशुलीमा हराई रहेको बस र यात्रुको खोजीको लागि सोमबार बिहानबाट उच्च प्रविधिको सोनार डिभाईस प्रयोग गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकबाट आईतबार कुरिनटार लगिएको सो डिभाईस मार्फत खोजीकार्य शुरु गरिएको हो ।
नेपालमा भएको मध्ये उच्चस्तरको मानिने सोनार प्रविधि पानीमुनी साउण्ड वेभ पठाई त्यहाँ रहेका बस्तुहरुलाई स्क्यान गरी आकृतीको रुपमा देखाउने प्रविधि हो । यसअघि पनि सशस्त्र प्रहरी बल नेपाल विद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सो प्रविधि प्रयोग गरिएको भएपनि त्यसको क्षमता कम भएकोले अपेक्षाकृत परिणाम प्राप्त हुन सकेको थिएन । तर सोमबार प्रयोग गरिएको सोनार डिभाईस उच्चतम प्रविधिको साधन रहेको र यसको क्षमता २ सय मिटर गहिराई सम्मको जुनसुकै बस्तु पनि पत्ता लगाउने रहेको छ ।
धमिलो पानीमा पनि काम गर्नसक्ने प्रभावकारी मानिएको यो प्रविधिबाट पानीमा फालिएको साउण्ड वेभ तलसम्म रहेका बस्तुसम्म पुगेर स्क्यान गरी आकृतीको रुपमा फिर्ता हुने प्रकारको रहेको छ । मोटर बोटमा जडान गरी लामो दुरीको क्षेत्रफलमा पानीमुनी रहेका सम्पूर्ण वस्तुहरुको आकृती कम्प्युटरमा हेर्न सकिन्छ । यो प्रविधिबाट सफलता मिल्ने विश्वस समेत सशस्त्र प्रहरी बल नेपाल मुख्यालयले गरेको छ ।
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिक्रिया