एमजी४ ईभीले गर्यो अपर मुस्ताङ कोरालासम्मको यात्रा

काठमाडौं। एमजी मोटर्सले नेपालमा आफ्नो मजबुती प्रदर्शन गर्दै अपर मुस्ताङको यात्रा गरेको छ । कम्पनीको एमजी४ विद्युतीय गाडी (ईभी)ले अपर मुस्ताङका कोराला नाकासम्मको यात्रा पूरा गरेको हो ।
करिब चार हजार ६६० मिटरको उचाइस्थित नाकासम्मको सफल यात्राले गाडीको असाधारण शक्ति र क्षमतालाई झल्काएको कम्पनीको भनाइ छ ।
त्यहाँसम्म गाडी पुर्याउने एमजी४ ईभीका एक ग्राहक धीरेनमान श्रेष्ठले मुस्ताङको कठिन अफरोडमा समेत सहज यात्रा गर्न सकिएको बताए । उनले गाडीमा रहेको ५–लिंक रियर इन्डिपेन्डेन्ट सस्पेन्सन, रियर ह्वील ड्राइभ र स्टिफ सस्पेन्सन प्रणालीले यात्रा सफल भएको बताए ।
एमजीले नेपालमा आफ्नो उपस्थितिलाई बलियो बनाउँदै १०० वर्षभन्दा बढी समयको उत्कृष्टतालाई कायम राखेको दाबी गरेको छ ।
सन् २०२२ मा विश्वभर सार्वजनिक एमजी ४ ईभीले २०२४ मा ओभरअल कार अफ दी इयर, २०२३ मा बेस्ट भेल्यु कार अफ दी इयर र २०२३ मै कार अफ दी इयरलगायत पुरस्कार जितेको कम्पनीले जनाएको छ ।











निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिकतर्फका उम्मेदवारहरुकाे बन्दसूची पेश गर्न आयोगको आग्रह
जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरूको एकसाथ सुनुवाइ हुने
प्रतिक्रिया