मोहनापुल–अत्तरिया सडकः पुलको कामले गति लिन सकेन

गोदावरी (कैलाली) । मोहनापुल–अत्तरिया छ लेन सडकखण्डमा निर्माणाधीन तीनवटा पक्की पुलको कामले अझै गति लिनसकेको छैन । गोदावरी नगरपालिका–५ सुनिखोला, मनहरा खोला र मोहना नदीमा पुल निर्माणाधीन छ । सुनिखोलामा रु तीन करोड ७७ लाखको लागतमा निर्माण कम्पनीले २०७९ कात्तिकमा निर्माण सम्पन्न गर्नेगरी २०७७ कात्तिकमा ठेक्का सम्झौता गरेको थियो । सो अवधिमा पुल निर्माणको काम सम्पन्न नभएपछि सो कम्पनीसंग पुल निर्माणको म्याद २०८० असारसम्मका लागि थपिएको थियो ।
थपिएको समयावधिमा सुनिखोला पुल निर्माणको काम ८५ प्रतिशतमात्र पूरा भएको महाकाली पुल आयोजनाले जनाएको छ । बाँकी काम म्याद सकिएको एक वर्षसम्म पनि पूरा हुन नसकेको महाकाली पुल आयोजना कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी कपिल पन्तले बताए । गोदावरी–५ मनहरा खोलामा रु नौ करोड ५० लाखको लागतमा निर्माणाधीन पुलको काम अलपत्र छ । निर्माण कम्पनी मनहरा खोलाको पुल दुई वर्षभित्र सम्पन्न गर्नेगरी ठेक्का लिएको थियो ।
मनहरा खोला पुलको ‘डिजाइन’ संशोधन गर्नुपर्ने भएपछि प्रगति कम रहेको महाकाली पुल आयोजनाले जनाएको छ । मनहरा खोला पुल निर्माणको समययावधि २०८१ कात्तिक २६ गतेसम्म रहेको सूचना अधिकारी पन्तले बताए ।
यसैगरी, कैलाली र कञ्चनपुरको सीमा भएर बग्ने मोहना नदीमा २७ महिनामा सक्नेगरी २०७८ माघमा निर्माण कम्पनीसँग रु १३ करोड ३६ लाखको लागतमा ठेक्का सम्झौता भएको थियो ।
मोहनामा पुल निर्माणको ४२ प्रतिशत काम भएको जनाइएको छ । मोहनामा २५ मिटर लामो र ११ मिटर चौडाइको पुल निर्माणका लागि ठेक्का सम्झौता गरिएको हो । सो पुल निर्माणको समयावधि २०८१ जेठ ५ गते सकिएपछि २०८२ वैशाखसम्मका लागि समय थप गरिएको महाकाली पुल आयोजनाले जनाएको छ । महाकाली पुल आयोजना कार्यालयका सूचना अधिकारी पन्तले मोहनाको पुल निर्माणमा बजेट भए पनि सुनिखोला र मनहराको पुल निर्माणका लागि बजेटको अभाव हुनसक्ने बताए।













आज सुनकाे भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
काठमाडौँ -५ बाट ईश्वर पोखरेल एकल सिफारिस
तनहुँमा पुरुषभन्दा महिला मतदाता बढी
जिवनशैलीमा आएको परिवर्तनले पायल्स, फिस्टुला र फिसरका बिरामी बढ्दै
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
पुस २८ भित्रै कांग्रेसकाे विशेष महाधिवेशन गर्न माग
प्रतिक्रिया