एमालेसँग भएका सहमतिमा कांग्रेसबाट तलमाथि हुँदैन : गगन थापा
मेरोन्यूज
२०८१ साउन ५ गते १७:०१

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेसँग भएका सहमतिलाई कांग्रेसले इमान्दारी साथ कार्यान्वयन गर्ने बताएका छन् ।
वीपी स्मृति दिवसको अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा थापाले यस्तो बताएका हुन् । उनले सरकार निर्माणका क्रममा एमालेसँग भएका सहमतिमा कांग्रेसको तर्फबाट तल माथि नहुने स्पष्ट पारे।
महामन्त्री थापाले अबको दुई वर्ष प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा नै सरकारले निरन्तरता पाउने जिकिर गरे । यसअघि एकले अर्कालाई ढाट्ने, झुक्याउने र धोका दिने परिपाटी देखिएकाले मुलुकलाई स्थिरता दिनका लागि ठूला दलहरू एक ठाउँ आउनुपरेको उनले जिकिर गरे । अहिलेको सरकार शंका र संशयबाट मुक्त हुनुपर्नेमा उनले जोड दिए ।
सम्बन्धित

















आज विश्व मुख स्वास्थ्य दिवसः मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव
जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
आज विश्व हिमनदी दिवस
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाका सांसदहरुको अभिमुखीकरण आजदेखि
प्रतिक्रिया