काभा यू-२० महिला भलिबलमा नेपालको पहिलो जित
मेरोन्यूज
२०८१ साउन ५ गते १८:३९

काठमाडौँ । काभा यू–१९ महिला भलिबल च्याम्पियनसिपमा नेपाली महिला टोलीले पहिलो जित निकालेको छ।
माल्दिभ्सको मालेस्थित सोसल सेन्टरमा शनिबार भएको खेलमा घरेलु टोली माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपालले पहिलो जित दर्ता गरेको हो।
आजकाे खेलमा नेपालले माल्दिभ्सलाई २५-१६, २५-९, २५-१० ले पराजित गर्याे । यसअघि नेपाल पहिलो खेलमा श्रीलंका र दोस्रो खेलमा किर्गिस्तानसँग पराजित भएको थियो ।
याे जितसँगै नेपाल सेमिफाइनलमा दोस्रो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्नेछ । श्रीलंका र किर्गिस्थानबीच हुने खेलले पहिलो र दोस्रो स्थानमा रहने टोलीको टुंगो लाग्नेछ ।
फाइनल खेल सोमबार हुनेछ ।
सम्बन्धित















कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
जनअपेक्षा अनुसार काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
प्रतिक्रिया