मनाङ जोड्ने सडक कालोपत्रसहित स्तरोन्नति गरिने

मनाङ । माली जिल्ला मनाङ प्रवेश गर्ने एकमात्रै बेँसीसहर–चामे सडक कालोपत्रसहित स्तरोन्नति हुने भएको छ । बर्सेनी पहिरोको जोखिममा रहेको यो सडक चालु आर्थिक वर्षमै स्तरोन्नति गरिने तयारी छ।
सडक जोखिमपूर्ण हुँदा बर्सेनि स्थानीय तथा पर्यटकले सास्ती भोग्दै आएका छन् । सडक स्तरोन्नतिको प्रक्रिया अघि बढेको मनाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङले जानकारी दिए। सरकार र अन्य सरोकारवाला निकायसँगको समन्वय तथा साझेदारीमा सडक कालोपत्रसहित स्तरोन्नति प्रक्रिया अघि बढेको सांसद गुरुङले बताए । उनले भने, “मनाङका स्थानीयवासी र पर्यटकलाई सहज बनाउनेगरी सडक कालोपत्र हुने भएको छ ।”
सडक कालोपत्र गर्न डुम्रे–बेँसीसहर–चामे सडक योजनासँग मनाङमा निर्माणाधीन जलविद्युत् आयोजनाले पनि सहकार्य गर्ने भएका छन् । सडक विस्तार तथा स्तरोन्नति गर्न दानाक्युमा रहेको मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजना सहमत भएको छ । जलविद्युत् आयोजना निर्माणका लागि सडक स्तरोन्नति आवश्यक भएकाले सरकारको काममा सहयोग गर्ने आयोजनाका उपमहाप्रबन्धक प्रतीकमानसिंह प्रधानले बताए ।
उनका अनुसार भौगोलिक विकटतासँगै साँघुरो र पहिरोको जोखिम रहेको सडकको चौडाइ विस्तार गर्ने, कटिङ गर्ने, जोखिम भएका स्थानमा ढलान र अन्य स्थानमा कालोपत्र गरिनेछ ।
हिउँद वर्षा दुवै याममा साना तथा ठूला सवारीसाधन सहजै आवतजावत गर्नसक्ने गरी सडक विस्तार गर्नेगरी योजना निर्माण भइरहेको बेँसीसहर–चामे सडक योजनाका निमित्त प्रमुख किरण पोख्रेलले बताए ।
सडक स्तरोन्नतिका क्रममा केही बस्ती प्रभावित हुने देखिन्छ । खासगरी लमजुङतर्फ स्याँगे, श्रीचौर, जगत च्याम्चे र मनाङतर्फ धारापानी गाउँका केही बस्ती सडक विस्तारका क्रममा प्रभावित हुने देखिएको हो । यस सडकमा हिउँदमा हिउँ र वर्षामा बाढीका कारण कैयौँ स्थानमा सडक अवरुद्ध हुँदा मनाङवासीले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् ।
दुई वर्षअघि बेँसीसहरदेखि खुदीसम्म करिब आठ किलोमिटर सडक कालोपत्र गरिएको छ । यस सडकखण्डअन्तर्गतका अधिकांश भाग जोखिमपूर्ण र विस्तार गर्नुपर्ने अवस्थाका छन् ।










कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन
सभामुख घिमिरेसँग चिनियाँ राजदूतले गरे बिदाई भेट
एनआईसी एशिया बैंककाे सम्पत्ति लिलाम बिक्रीसम्बन्धी जानकारी लिलाम बिक्री पोर्टलमा
पोखरामा प्रोटोन ईमासको विशेष एक्सचेन्ज अफर
सरकारी कार्यालयमा हप्तामा एक-दुई दिन परम्परागत पोशाक लगाउने व्यवस्था गर्नुपर्छ : प्रधानमन्त्री कार्की
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया