धनकुटाको पाख्रीबासमा मनाइयो पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवस

धनकुटा । धनकुटाको पाख्रिबासमा पनि नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवस मनाइएको छ ।
श्रेष्ठको तस्बीरमा पुष्प गुच्छा चढाएर श्रद्दान्जलि अर्पण गरि कार्यक्रम मनाइएको हो । कार्यक्रममा नेकपा एमाले पूर्व जिल्ला कमिटि सचिवालय सदस्य भिम राईले कम्युनिष्ट पार्टी स्थापना हुनुमा श्रेष्ठको योगदानको बारेमा चर्चा गरेका थिए।
कार्यक्रममा प्रदेश कमिटि सल्लाहकार परिषद सदस्य,जिल्ला कमिटि सचिवालयका पूर्व तथा वर्तमान सदस्य,नगर कमिटिका पदाधिकारी,नेता,कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो ।
नेकपा(एमाले) पाख्रीबास नगर कमिटिको आयोजनामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि जिल्ला कमिटि अध्यक्ष शिवाहांग लिम्बु र कार्यक्रमको अध्यक्षता नगर कमिटि अध्यक्ष शान्तिराम गौतमले गरेका थिए,भने कार्यक्रम संचालन नगर कमिटि सचिव सिताराम राईले गरेका थिए ।
श्रेष्ठको जन्म विक्रम संवत् १९८१ असार १५ गते रामेछापको भँगेरीमा भइ २०३५ साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।














ऐतिहासिक ढुङ्गेसाँघु–माघेसङ्क्रान्ति मेलाको सांस्कृतिक विरासत
कारागारभित्रका ‘हेडमास्टर’
हाफ म्याराथनको उपाधि गुरुङलाई
प्रेस युनियनले भन्याे – कांग्रेसभित्र एकता आवश्यक छ
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
प्रतिक्रिया