सिसन बानियाँले खोले फिल्म कम्पनी

काठमाडौं । चर्चित भ्लगर सिसन बानियाँले फिल्म निर्माण कम्पनीको घोषणा गरेका छन् ।
आइतबार सामाजिक सञ्जालबाट उनले फिल्म कम्पनी ‘रेन वेभ पिक्चर्स’को घोषणा गरेका हुन् ।
‘फ्रिलान्सरको रुपमा वर्षौं बिताएपछि लगभग एक दशक युट्युब सामग्री, निर्माता, यात्रा भ्लगरको रूपमा काम गरें, ‘मलाई लाग्छ यो समय अब मेरो जीवनको सबैभन्दा ठूलो सपनातर्फ कदम चाल्ने समय हो । तपाईंहरु सबैसामु प्रस्तुत गर्छु- रेनवेभ पिक्चर्स’ सिसनले सामाजिक सञ्जालमा लेखेका छन्।
सिसनले यसअघि फिल्म ‘होलटाइमर्स’ निर्माण गरिसकेका छन्। यो फिल्मलाई पूजा गुरुङ र विभूषण बस्नेतले निर्देशन गरेका छन् ।
यो कम्पनी पटकथा लेखक, छायाकार, अभिनेता, निर्देशक, निर्माताजस्ता महत्वाकांक्षी फिल्ममेकरलाई एकठाउँमा ल्याउने प्लाटफर्मको रुपमा रहने सिसनले उल्लेख गरेका छन् । आगामी जाडोयाममा अर्को एक फिल्म बनाउने पनि उनले बताएका छन्।















कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन
आक्रमणमा कर्मचारीको मृत्यु भएपछि डब्ल्यूएचओद्वारा गाजाबाट चिकित्सा निकासी स्थगित
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
प्रतिक्रिया