हरिवंशले भने- नाकभित्रको नसा फुटेको रहेछ, अहिले ठिक छु
मेरोन्यूज
२०८१ साउन ७ गते १५:१८

काठमाडौँ । हास्य कलाकार हरिवंश आचार्यले आफू सामान्य अवस्थामा रहेको बताएका छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै आचार्यले अहिले आफ्नो अवस्था सामान्य रहेको जानकारी दिएका हुन्।
‘शनिवार हिमगिरी प्रालि उद्योगको आतिथ्यमा मदन दाइ र म विराटनगर आएका थियौँ,’ उनले लेखेका छन्, ‘अचानक नाकबाट रगत बगेर होटेल नजिकै भएको सप्तकोसी अस्पताल पुगेँ र त्यहाँबाट विराट नर्सिङ होम इएनटी डिपार्टमेन्टमा उपचार हुँदैछ र म सामान्य अवस्थामा छु ।अस्पताल पुग्दा मेरो ब्लड प्रेसर सामान्यै थियो।’
उनले भनेका छन्- ‘धेरैलाई हाई ब्लड प्रेसरको कारण होकि भन्नेले चिन्तित तुल्याएछ । नाकभित्रको सानो नसा फुटेको रहेछ र त्यसलाई टाल्ने काम भइसकेको छ र अहिले सामान्य अवस्थामा स्वास्थ लाभ गरिरहेकोछु ।’
सम्बन्धित









आजका लागि सागसब्जी र फलफूलको मूल्य
आज विश्व बाल दिवस, आजकै दिन बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन
World Children’s Day being observed today
NPL 2025: Lumbini to face Chitwan today
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया