गोप्य राखियो मन्त्रिपरिषद् बैठकका निर्णय
मेरोन्यूज
२०८१ साउन ७ गते २०:५७

काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय गाेप्य राखिएकाे छ ।
यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले बैठक सकिने बित्तिकै प्रधानमन्त्रीकाे सचिवालयबाट अनाैपचारिक रुपमा र अर्काे दिन सञ्चारमन्त्रीले पत्रकार सम्मेलन मार्फत बैठकका निर्णय सार्वजनिक गर्ने प्रचलन रहेको थियाे ।
तर केपी ओली नेतृत्वको सरकार बनेलगत्तै मन्त्रिपरिषद्को बैठक सकिएकाे २४ घण्टापछिमात्रै निर्णय सार्वजनिक गर्ने बैठकले निर्णय गर्याे ।
साेही अनुसार आजको मन्त्रिपरिषद् बैठकका कुनै पनि निर्णय सार्वजनिक भएनन् ।
सरकारले भाेली पनि नभइ पर्सीमात्रै आजका बैठकका निर्णय सार्वजनिक गर्ने प्रधानमन्त्रीकाे सचिवालयले जनाएको छ ।
यसले वर्तमान सरकार आगामी दिनमा सूचना सार्वजनिक गर्नभन्दा लुकाउन उद्धत हुने लक्षण देखाएको छ ।
सम्बन्धित

















काठमाडौँका बीस हजार विद्यार्थीको आँखा जाँच गरिंदै
मृत्युको हल्ला चलेपछि बेन्जामिन नेतन्याहुले भने -‘म जिउँदै छु’
आज विश्व मुख स्वास्थ्य दिवसः मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव
जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
आज विश्व हिमनदी दिवस
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
प्रतिक्रिया