चिनियाँ अनुदानको खोप आजबाट लगाउन सुरु गर्ने

काठमाडौं । चीनले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप आजदेखि लगाइँदैछ ।
खोप अभियानका लागि सरकारले काठमाडौं उपत्यकाका १४ वटा स्वास्थ्य संस्थालाई केन्द्र तोकेको छ । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप बुधबारदेखि १४ वटा स्वास्थ्य संस्थाबाट दिन लागिएको हो ।
चिनियाँ अनुदानको उक्त खोप पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारीलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै हिमालय सीमापार व्यापार गर्ने व्यवसायी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल ट्रेकिङ, विज्ञापन र इन्टरनेटको क्षेत्रमा काम गर्ने व्यक्ति, औषधी फलफूल तरकारी लगायतका व्यापारी लगायतलाई खोप दिने स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।
उक्त खोप वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल मेडिकल कलेज अत्तरखेल र काठमाडौ मेडिकल कलेज सिनामंगलमा लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, वीरेन्द्र अस्पताल छाउनी, सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताल, ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र क्षेत्रपाटी निःशुल्क चिकित्सालयबाट पनि यो खोप लगाइने मन्त्रालयले जनाएको छ ।
चिनले अनुदानमा दिएको खोप यही चैत १६ गते काठमाडौं आइपुगेको थियो । सो खोप सोही दिन नेपालका लागि चिनियाँ राजदुत हउ यान्छीले प्रधानमनत्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेकी थिइन् ।

















आईसीसी टी–२० विश्वकप: समूह चरणको अन्तिम खेलमा आज अस्ट्रेलिया र ओमान भिड्दै
आज शुक्रबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
पश्चिमी न्यून चापीय प्रणालीकाे प्रभाव: हल्का वर्षा र हिमपातको सम्भावना
निर्वाचन १३ दिन बाँकी: आयाेगले दियो टिकटक बनाएर ५० हजार जित्ने अवसर
आज २०८२ साल फागुन ८ गते शुक्रबारको राशिफल
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
९५५ केजी गाँजासहित दुई जना पक्राउ
प्रतिक्रिया