मंगलबार, चैत २४, २०८२

‘लाल सिंह चड्डा’ फ्लप हुँदा आमिरले किन दिए पार्टी ?

मेरोन्यूज २०८१ साउन १० गते १५:११

काठमाडौं । फिल्म ‘लाल सिंह चड्ढा’ फ्लप भएपछि अभिनेता आमिर खानले पार्टी दिएको खुलेको छ । चलचित्रमा काम गरेकी अभिनेत्री मोना सिंहले यसबारे बताएकी हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

एक शोमा अन्तरवार्ता दिन पुगेकी मोनाले ‘लाल सिंह चड्डा’को फ्लपको बारेमा कुरा गरेकी थिइन् । उनले भनिन्, ‘अवश्य पनि नराम्रो लाग्यो कि हामीले यति दिनसम्म सुटिङ गर्‍यौं, यति राम्रो इमेज बनेको थियो तर सिनेमाघरमा त्यति प्रतिक्रिया पाएनौं ।’

अभिनेत्रीले फिल्म फ्लप हुँदा निराश भएतापनि टिमको मेहनत देखेर आमिरले पार्टी आयोजना गरेको बताइन् । टिमको मिहिनेत देखेर फिल्म फ्लप भए पनि पार्टी गर्न सक्ने एक मात्र अभिनेता आमिर हुन् ।’

‘लाल सिंह चड्ढा’ ११ अगस्ट २०२२ मा सिनेमाघरमा रिलिज भएको थियो। फिल्मले ३ हजार स्क्रिन पाएको थियो । तर, बक्स अफिसमा खराब प्रदर्शनपछि फिल्मका धेरै शो रद्द भए। फिल्मे मुख्य भूमिकामा आमिर बाहेक करिना कपुर र मोना सिंह पनि थिए ।

१८० करोड भारु बजेटमा बनेको यो फिल्मले विश्वव्यापी बक्स अफिसमा १३० करोड मात्र कमाउन सक्यो ।

प्रतिक्रिया