दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज

काठमाडौँ । अष्ट्रेलियाले ५५ वर्षपछि २१ जनाको ज्यान लिने एमभी नुनगाह जहाज फेला पारेको छ । बीबीसीका अनुसार यो जहाज २३ अगस्ट १९६९ मा न्यू साउथ वेल्सबाट टाउन्सभिलतर्फ प्रस्थान गरेको थियो ।
स्टिलले भरिएको कन्टेनर बोकेको जहाजमा ५२ जना सवार थिए । अगस्ट २५ सम्म, यो खतरनाक आँधीको सामना गर्दा ३१५ किलोमिटर अगाडि बढेको थियो । यसको गति ११० किलोमिटर प्रतिघण्टा भन्दा बढी थियो, जसलाई जहाजले सम्हाल्न नसकेर डुबेको थियो ।
जहाज डुबेपछि अस्ट्रेलियाली सेनाले इतिहासकै सबैभन्दा ठूलो समुद्री खोजी गरेको थियो । सेनाले विमान, हेलिकप्टर र पानीजहाज लिएर एमभी नुनगाहको खोजी गर्न निस्क्यो । केही घण्टामै जहाज फेला पर्यो र चालक दलका ५ सदस्यसहित २६ जनाको उद्धार गरियो ।
जहाज डुबेको १२ घण्टापछि पनि अस्ट्रेलियाली सेनाले मानिसलाई काठमा तैरिरहेको फेला पारेको थियो । त्यस बेलादेखि जहाज भने भेटिएको थिएन ।
गत महिना, कमनवेल्थ वैज्ञानिक र औद्योगिक अनुसन्धान संगठनका वैज्ञानिकहरूले जहाज पत्ता लगाउन खोजी सुरु गरेका थिए । यसका लागि उक्त स्थानमा उच्च प्रविधियुक्त जहाज पठाइएको थियो ।
वैज्ञानिकहरुका अनुसार उनीहरुले जहाजको भग्नावशेष जमिनको सतहबाट १७० मिटर तल फेला पारेका छन् । यस जहाजको डिजाइन र आकार एमभी नुनगाह जहाजसँग मेल खाएको उनीहरुले बताएका छन् । अब सिड्नी प्रोजेक्ट अन्तर्गत जहाजको जाँच हुने रिपोर्टमा बताइएको छ ।












चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
एमालेले बाेलायाे सचिवालय बैठक
भक्तपुर २ को उम्मेदवारमा एमाले सचिव महेश बस्नेत सर्वसम्मत सिफारिस
प्रतिक्रिया