सुखद दाम्पत्य जीवनको कामना गर्ने ‘मधुश्रावणी’ पर्व मिथिलाञ्लमा सुरु

महोत्तरी । कला–संस्कृतिले समृद्ध मिथिलाञ्चलमा सुखद दाम्पत्य जीवनको कामना गर्ने मधुश्रावणी पर्व प्रारम्भ भएको छ । श्रावण कृष्ण पञ्चमीदेखि विशेष विधिका साथ १३ दिनसम्म मनाइने यो पर्वमा नवविवाहिताले शिव, पार्वती र नागदेवताको आराधनाका साथ पतिसँगको गाढा प्रेम र अटल सौभाग्यको कामना गर्दछन् ।
यो पर्वमा बर्तालु र उनका सखी सुन्दर वस्त्रमा सजिएर सामूहिक प्रणयगान र ‘फूललोढी’ (फूल खोज्ने) विधि खास मानिन्छ । पर्वभर सामूहिक रूपमा गीत गाउँदै ‘फूलललोढी’मा निस्केका मिथिलानीहरूबीच नयाँघरको र पतिसँगको सम्बन्ध आदानप्रदान हुने गर्छ । पूजाअर्चनाका लागि एक दिनअघिको सन्ध्याकालमा सामुहिक रुपमा पूmल खोज्न निस्कने विधिलाई ‘पूmललोढी’ भनिन्छ । यो पर्वमा भगवान् शङ्कर र देवी गौरीलाई बासी पूmल चढाउने चलन छ ।
पर्वको प्रारम्भ आत्मशुद्धि र व्रत सङ्कल्पबाट हुन्छ । बर्तालु पर्वको एक दिनअघि नै हातगोडाका नङ् काटी नुहाइधुवाइ गरेर शुद्ध हुन्छन् । पर्वभर चोखो भोजन गरिन्छ । घरकी जेष्ठ महिला सदस्यले बर्तालुलाई पर्वका विधि सिकाउने गर्छन् । सामान्यतया माइतीघरमा यो पर्व मनाइने प्रचलन भएपनि यस अवधिभरिको वस्त्र र खाद्यान्नभने पतिले नै पुर्याइदिनपर्ने चलन छ ।
पर्वको अभीष्ट नै पतिसँगको गाढा प्रेम भएकाले सखीहरु एकआपसमा पतिले गर्ने व्यवहार, घरको अनुभव साटासाट गर्छन् । सूर्यास्त हुनपूर्व प्रणयगीत गाउँदै आकर्षक वस्त्रमा सजिएर फूलललोढीका लागि निस्केका उनीहरूका गीतले बाटो हिड्ने जोसुकैको मन खिच्ने गर्छ । यो नै पर्वको मुख्य आकर्षण हो ।
“नवविवाहित जोडिको प्रणय सम्बन्ध प्रगाढ बनाउने कामनाले ‘फूललोढी’ मा निस्केका मिथिलानीका रागात्मक भावका गीतले सबैलाई रोमाञ्चित गराउँछ” मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका उपप्राध्यापक मनोज झा बताउनुहुन्छ ।
विगतमा मिथिलाका ब्राह्मण, कायस्थ, देव र सोनार जातिका महिलाले मात्र मनाउने यो पर्व अब सबै जातजातिको साझा भएको छ । पतिघरबाट आएका सामग्री प्रयोग गरेर माइतमा मनाइने यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको मिथिलानी बताउँछन् ।
शिव, पार्वती र विषहराको पूजाआराधना गरेपछि बर्तालुलाई जेष्ठ महिलाले कथा सुनाउँछन् । यिनमा पौराणिक गाथामा आधारित मैना पञ्चमी, विषहरी, बिहुला, मनसा, मङ्गला गौरी, पृथ्वीको जन्म, समुद्र मन्थन र सतीका कथा सुनाइन्छ ।









पोखराविरुद्ध पहिला फिल्डिङ गर्दै कर्णाली
भोजपुरमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जना गम्भीर घाइते
तीन दिनदेखि गाडीसहित बेपत्ता एक जनाको शव भेटियो
बाजुरा सदरमुकाम मार्तडी बजारमा आगलागी
एनपीएलमा जनकपुरको पहिलो जित
इमरान खानको अवस्थाबारे पाकिस्तानी सिनेटरले के भने ?
आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
एनपिएलमा पहिलोपटक विदेशी कप्तान
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
जनकपुरले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य
प्रतिक्रिया