बुधबार, वैशाख २, २०८३

हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो

मेरोन्यूज २०८२ चैत ४ गते २०:२३

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फेरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नै बन्नु राम्रो हुने धारणा फेरि दाेहराएका छन्।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

नवनिर्वाचित प्रतिनिधि सभा सदस्यसमेत रहेका साम्पाङले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो! जनमतले त्यही भन्छ।’

यसअघी रास्वपाले झन्डै दुईतिहाइ बहुमत ल्याएको नतिजा सार्वजनिक हुनेबित्तिकै पनि सरकारको नेतृत्व रविले गर्नु उचित हुने विचार सार्वजनिक गरेका थिए।

तर रास्वपाले चुनावअघि नै प्रधानमन्त्रीको उम्मेदवार वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई घोषणा गरिसकेको छ। यही सर्तमा काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन समूहसहित रास्वपामा समाहित भएका थिए।

प्रतिक्रिया