गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट

काठमाडौँ । गृहमन्त्री रमेश लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिले भेटवार्ता गरेको छ । आज सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा पूर्वसांसद मञ्चका अध्यक्ष ओमकार श्रेष्ठ नेतृत्वको टोली सहभागी थियो ।
मञ्चका अध्यक्ष श्रेष्ठले गृहमन्त्री लेखकलाई बधाइका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । उनले मन्त्री लेखकको कार्यकालमा हाल देखिएका समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
अध्यक्ष श्रेष्ठले संसद्को सल्लाहकार समितिका रुपमा क्रियाशील पूर्वसांसद मञ्चलाई गृह मन्त्रालयको राष्ट्रिय निर्देशन ऐनअनुसार दर्ताको व्यवस्था मिलाइ दिन आग्रह गरेका छन् ।
संस्था हाल जिल्ला प्रशासन कार्यालयमा दर्ता छ । साथै भेटमा सहभागी पूर्वसांसदहरूले मञ्च निरन्तर जनताको काममा रहेको भन्दै राज्यको तर्फबाट न्यूनतम सुविधा उपलब्ध गराउन पनि माग थियो । पूर्वसांसद मञ्चको माग सम्बोधनका लागि आफू सकारात्मक रहेको गृहमन्त्री लेखकले आश्वासन दिएका थिए ।













गोरखाको छेकम्पारमा आगलागी हुँदा एकजना घाइते
पुस २८ भित्रै कांग्रेसकाे विशेष महाधिवेशन गर्न माग
गुल्मीमा विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु
समानुपातिक अधिकार कुण्ठित गरिएकोमा विरोध
Accidents on rise along under-construction highway
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
सामाजिक सञ्जालकाे होहल्ला हेर्दा विचारविहीनले देशै कब्जा गरिसके भन्नेजस्तो छ : प्रचण्ड
तेक्वान्दो टोली चीन प्रस्थान
कुखुरा, बाख्रा र स्यालकाे मोर्चाले बाघको सिकार गर्न सक्दैन : ओली
प्रतिक्रिया