प्रचण्डले खोजीखोजी हटाएका, ओलीले खोजी खोजी संरक्षण गरेका गणेश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फरक क्षमता भएका गणेश राईलाई सचिवालयमा पुनः नियुक्त गरेका छन् । आधा हातले कम्प्युटर चलाउन सक्ने क्षमता भएका राईलाई प्रधानमन्त्री ओलीले कम्प्युटर अपरेटरमा नियुक्त गरेका हुन् ।
एमालेका नेता विशाल भट्टराईका अनुसार यसअघि पहिलो पटक प्रधानमन्त्री हुँदा ओलीले उनको फरक क्षमता देखेपछि सचिवालयमा जागिर दिएका थिए । दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि सचिवालयमा काम गर्ने अवसर पाएका राईलाई ओलीले तेस्रो कार्यकाल प्रधानमन्त्री हुँदा पनि सचिवालयमा काम गर्ने अवसर प्रदान गरेका हुन् ।
खोटाङ काहुले घर भएका राई जन्मजान नै अपाङ्गता भएका व्यक्ति हुन । उनको दुवै हातको कुहिनाभन्दा तलको भाग छैन ।
प्रचण्ड प्रधानमन्त्री भएपछि गणेशको हातमुख जोड्ने बाटो हरायो ।उनी जागिरबाट निकालीए , फेरि ओलिको पुनरागमनपछि गणेशले जागिर पाए । फेरि ओली प्रधानमन्त्रीबाट बाहिरिएसँगै दोश्रोपटक प्रचण्डले गणेशलाई हटाइएको थियो ।
















संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
सिन्धुलीमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते
देववृक्ष उत्पादन गर्दै डिभिजन वन कार्यालय
नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया