काठमाडौं महानगरमा २ हजार ८५९ जना विद्यार्थीले पाए छात्रवृत्ति

काठमाडौं । काठमाडौं महानगरले कक्षा ११ को छात्रवृत्तिका लागि २ हजार ८५९ जना विद्यार्थीको नाम सार्वजनिक गरेको छ ।
काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति छनोट समितिको निर्णयअनुसार शनिबार २ हजार ८५९ जना विद्यार्थीको नाम सार्वजनिक गरेको हो ।
यसको विवरण इमेलबाट विद्यालयहरुलाई पठाइसकिएको महानगरले जनाएको छ। यस्तै विद्यार्थीहरुलाई एसएमएस पठाइएको महानगरले भनेको छ। विद्यार्थीहरुले प्रवेश पत्र प्राप्त गरेकै विधिबाट आफ्नो शिफारिस सम्बन्धी जानकारी पाउन सक्नेछन् ।
साउन ४ गते लिइएको परीक्षाको नतिजामा विषयगत र समूहगत योग्यता क्रम, परीक्षार्थीले अनलाइन आवेदन फाराम भर्दा शिक्षण संस्थाहरुमा गरेको प्राथमिकता क्रमअनुसार आरक्षण र समूहगत रुपमा छुट्याइएको सिट संख्याका आधारमा सूची प्रकाशन गरिएको महागरले जनाएको छ ।
नाम प्रकाशन भएका विद्यार्थीले साउन १५ गतेभित्र भर्ना गर्न महानगरले आग्रह गरेको छ। छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुले कुनै पनि शुल्क तिर्नु पर्दैन ।
छात्रवृत्ति छनोट समितिका संयोजक एवं शिक्षा अधिकारी गोविन्दप्रसाद शर्मा भन्छन्, ‘कतिपय विद्यालयहरुले भर्ना, प्रयोगशाला शुल्क माग गरेको गुनासो आएको छ। हामी यस विषयमा जानकारी लिँदैछौँ।’
विभागले विद्यालयले शुल्क माग गरेकोसहित भर्नामा कुनै समस्या भए तत्काल सम्पर्क गर्न कार्यालय र शिक्षा अधिकृतहरुको नम्बर उपलब्ध गराएको छ ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया