कैलालीमा थप दुईजनामा हैजा पुष्टि
मेरोन्यूज
२०८१ साउन १३ गते २१:००

कैलाली। कैलालीमा थप दुईजनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । धनगढी उपमहानगरपालिका–१ पशुपति टोलका थप दुई जनामा हैजा पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोष श्रेष्ठका अनुसार हैजा पुष्टि हुनेमा छ र आठ वर्षका बालक छन् । योसँगै हैजा पुष्टि हुनेको सङ्ख्या चार पुगेको छ । यसअघि सोही पशुपति टोलका २३ र २६ वर्षीय युवतीमा हैजा पुष्टि भएको जानकारी दिए । दुवै बालक सेती प्रादेशिक अस्पतालमा उपचार गरी सङ्क्रमणको जोखिममुक्त भएर घर फर्किएको बताए ।
नमूना सङ्कलन गरिएका थप चार जनाको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए । सो क्षेत्रको पानीको नमुना सङ्कलन भइरहेको पनि जानकारी दिए । यस सम्बन्धमा माथिल्ला निकायमा जानकारी गराइ सकिएको प्रमुख श्रेष्ठको भनाइ छ ।
सम्बन्धित
















सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया